धनुषा विष सेवन घटना : तीन सन्तानपछि आमाको पनि मृत्यु

धनुषामा विष सेवन घटनामा तीन सन्तानको मृत्युपछि उपचारको क्रममा आमाको मृत्यु भएको छ । धनुषा सहीदनगर नगरपालिका ५ बासुदेवपट्टीकी ३० वर्षीया पविताकुमारी साहको उपचारका क्रममा आज मृत्यु भएको हो ।

जनकपुरधामस्थित रामजानकी अस्पतालमा उपचारको क्रममा बिहान ९ः४५ बजे मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

गत सोमबार साँझ आफ्नै घरमा तीन छोराछोरी आमाले विष सेवन गरेको अवस्थामा फेला परेका थिए । सोही दिन ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी मृत्यु भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घरयासी विवादमा पविताले आफ्ना तीन सन्तानलाई विष सेवन गराई आफै पनि सेवन गरेको खुलेको छ ।

९ महिनाकी गर्भवती पवितालाई बीस सेवन पश्चात शल्यक्रिया गरि शिशु निकालिएको थियो । शिशुको अवस्था सुधारोन्मुख रहेको डीएसपी सिंहले बताए ।

पविताले विष सेवन गरेको परिवारले थाहा पाएपछि उपचारका लागि अस्पताल लिएर आएका थिए । पविताको माइत पक्षले शारीरिक र मानसिक यातना दिएकै कारण पविताले विष सेवन गरेको आरोप छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post