आज देशका अधिकांश भूभागमा वर्षा, कहाँ कति पर्‍यो पानी

बिहीबार बिहान देशका अधिकांश स्थानमा पानी परिरहेको छ।धेरै ठाउँहरूमा लामो समयपछि पानी परेको हो।

स्थानीय वायु, पश्चिमी वायु र भारतबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभावले काठमाडौंको लगायत अधिकांश भूभागमा बिहानीपख वर्षा भइरहेको छ।

इलामको कन्काईमा एक घन्टाकै अवधीमा ५२.८ मिलिमिटर पानी परेको छ। झापाको शनिश्चरेमा २५ मिलिमिटर, अनारमनी र बर्फल्याङमा १० मिलिमिटर वर्षा मापन भएको छ।

मौसमविद डेविड ढकालका अनुसार पानी पार्ने प्रणालीको धेरै प्रभाव कोशी र मधेस प्रदेशका भूभागहरूमा छ।

रौतहटको गौरमा एक घन्टाको अवधीमा ४६ मिलिमिटर वर्षा मापन भएको छ। सिरहामा २० मिलिमिटर वर्षा भएको छ।

काठमाडौंको कीर्तिपुरमा पछिल्लो एक घन्टामा २१ मिलिमिटर वर्षा भएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post