ने.वि.संघको सदस्यता वितरण तथा सुझाव संकलन अभियान आयुर्वेद क्याम्पसमा सम्पन्न

काठमाडौं, कीर्तिपुर – प्रजातन्त्र दिवसका दिन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन सदस्यता वितरण तथा सुझाव संकलन अभियान आयुर्वेद क्याम्पसमा सम्पन्न भएको छ।

नेपाल विद्यार्थी संघको १२औं महाधिवेशन अन्तर्गत राष्ट्रव्यापी सदस्यता वितरण तथा सुझाव संकलन अभियान आज आयुर्वेद क्याम्पस, कीर्तिपुरमा सम्पन्न भएको छ।

क्याम्पस प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री ज्युका स्वकीय सचिव एवम नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य श्री सुरेश तिमिल्सैना रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथि नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य डा.ज्योती शाह, अतिथि डा. किरण लम्साल र दावा लामा समेतको उपस्थिति रहेको थियो। साथै नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य श्री सुरेश तिमिल्सैनालाई उक्त सदस्यता बितरण तथा सुझाब संकलन अभियानको जिम्मेवारी दिइएको थियो। उनले अभियान सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै आजको दिन प्रजातन्त्र दिवस परेकाले कार्यक्रम मार्फत देशका सम्पूर्ण ज्ञात/अज्ञात शहीदहरू प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्नुका साथै नेपाल विद्यार्थी संघका नेता स्वर्गीय हरीश देउवा प्रति श्रद्धासुमन व्यक्त गर्नुभएको थियो।

भारतमा मृत्यु भएकी प्रकृति लम्साल प्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गर्नुभयो।त्यस्तै,आयुर्वेद क्याम्पस, कीर्तिपुरका पूर्व क्याम्पस प्रमुखलाई पनि श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो।

कार्यक्रममा नेपाल विद्यार्थी संघद्वारा सम्पन्न टि - ट्वान्टी जय नेपाल कप, मेरो शिक्षा मेरो प्रश्न अभियान, पेड इन्टर्नशिप अभियान जस्ता महत्वपूर्ण कार्यहरूको चर्चा गरिएको थियो। साथै, क्याम्पसका विद्यार्थीहरूले उठाएका प्रश्न तथा सुझावहरू केन्द्रसम्म पुर्‍याइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post