‘कान्छी’ सिरियलका मुख्य पात्र सागर गौतमले पर्दामा मात्र होइन, तपाईं हाम्रो मनमा पनि गहिरो छाप छोडेका छन्। तर पछिल्ला केही एपिसोडहरूमा सागरको दृश्य नदेखिँदा दर्शकहरूलाई निराश बनाएको छ। धेरैको एउटै प्रश्न छ - 'किन आएनन् त सागर?' र अझ महत्त्वपूर्ण कुरा - के उनी फेरि कान्छी सिरियलमा फर्किएलान त?
आजको यस भिडियोमा सागर सिरियलमा नदेखिनुको रहस्य, र उनी सिरियलमा फर्किन सक्ने ७ वटा आधारहरुमा रहेर विश्लेषण गर्नेछौं। साथै आशाले सागर सिरियलमा नआउनुको कारण खुलाएकी छन्, भिडियो पूरा हेर्नुहोला, किनभने भिडियोको अन्तिमसम्म पुग्दा तपाईंले आफ्नो प्रश्नको उत्तर पाउनुहुनेछ।
सागर गौतम, जसले ‘कान्छी’ सिरियलमा आफूलाई एक इमानदार, दयालु, र लोकप्रिय पात्रका रूपमा स्थापित गरे। तर, पछिल्लो घटनाक्रमले सिरियललाई नयाँ मोडमा लिएको छ। उनलाई सिरियलमा अक्सिडेन्टमा परी मृत्यु भएको भनिएको छ, के यो कथा यहीँ समाप्त हुन्छ होला त? कि यसमा अझै रहस्य बाँकी छ?
सिरियलमा सागरको मृत्युको खबर मात्र आएको छ। तर के तपाईंले ध्यान दिनुभयो? उनको शव भने कहिल्यै देखाइएको छैन। यसले एउटा ठूलो प्रश्न खडा गरेको छ, के उनी साँच्चै मरेका हुन् त?
अर्को कुरा दुर्घटना भएको ठाउँमा भेटिएको लाइसेंसले अर्को रहस्यको जन्म दिएको छ। त्यो लाइसेंस सागरकै थियो, तर नाम भने ‘जङ्गे’ लेखिएको थियो। के यो कुनै गलत पहिचान हो? कि यो नयाँ पात्रको संकेत हो? यो कुरा स्पष्ट नभएसम्म सागरको कथा सकिएको मान्न सकिन्न।
सागरका साहु, जसले ‘हनिमुन’ जाने योजना बनाएका थिए, उनी पनि पछिल्ला एपिसोडहरूमा देखिएका छैनन्। के यी दुई पात्रहरूलाई कुनै रहस्यमय तरिकाले कथाबाट हटाइएको हो? कि उनीहरू एउटै घटनामा जोडिएका छन्? यो प्रश्नले दर्शकलाई अझै भ्रमित बनाइरहेको छ।
सागर बिना यो सिरियल अधुरो छ। सागरलाई फिर्ता ल्याउनुपर्छ। यस्ता हजारौं कमेन्टहरूले सामाजिक सञ्जाल भरिएको छ। सागरप्रतिको माया र उनीप्रतिको क्रेजले सिरियलका निर्माताहरूलाई कथालाई पुनर्विचार गर्न बाध्य पार्न सक्छ। आखिर सिरियलको आत्मा भनेकै दर्शक हुन्।
सागर सिरियलमा नदेखिँदा भ्युजमा पनि नकारात्मक प्रभाव पारेको छ। यो एउटा अर्को संकेत हो - यदि सागर फिर्ता आउँछन् भने सिरियलको लोकप्रियता मात्र होइन, दर्शकहरूको उत्साह पनि पुनः फर्किन्छ। के यो सिरियलका निर्माताहरूले सोचिरहेका होलान् त?
पछिल्ला केही एपिसोडहरूमा सागरलाई भूतको रूपमा देखाइएको छ। यो एउटा महत्वपूर्ण संकेत हो - के उनी जिउँदो फर्कन सक्छन्? वा सिरियलले उनीमाथि केन्द्रित भएर अर्को कथा अघि बढाउने योजना बनाएको छ?
सागर सिरियलमा फर्किने प्रमुख आधार, आशा खड्काले सिरियलमा सागर किन आएनन् भन्ने प्रश्नको जवाफ दिएकी छन्। 'सागर किन सिरियलमा छैनन् भनेर धेरैले सोध्नु भएको रहेछ। हामीले अहिले समाजमा एकल नारीले गर्नु परेको संघर्ष, दुःख र समाजले उसलाई हेर्ने नजरलाई देखाउने प्रयास गरिरहेका छौं। एकल नारीको भूमिका मैले पहिले पनि गरी सकेको तर त्यहाँ केही छुटेका कुराहरू अहिले समेटिरहेको उनले बताएकी छन्। आशाको यस भनाई अनुसार, एकल महिलाको भूमिका र उनले दिनुपर्ने संदेश र छुटेका कुरा समेटि सकेपछि, सागरलाई कथामा चाँडै ल्याइने देखिन्छ।
‘कान्छी’ सिरियलको अहिलेको कथालाई नारीको बलिदान, संघर्ष, र आत्मनिर्भरता जस्ता महत्त्वपूर्ण विषयमा केन्द्रित गर्न खोजिएको छ। आशा खड्काको यो निर्णयले समाजमा एउटा महत्वपूर्ण सन्देश पुर्याउने उद्देश्य बोकेको छ।
सिरियलले सागरलाई फिर्ता ल्याउनका लागि कथालाई नयाँ मोड अवश्य दिनेछ। सामाजिक सञ्जालमा दर्शकहरूले देखाएको माया र उनीप्रतिको मागले निर्मातालाई उनी फिर्ता ल्याउन बाध्य बनाउनेछ।
यी सबै आधारले एउटा कुरा स्पष्ट हुन्छ कि, सागरको कथा सकिएको छैन। ‘कान्छी’ सिरियलको कथा यति सरल हुन सक्दैन। सागर जस्तो प्रिय पात्रलाई फिर्ता ल्याउन सिरियलले कुनै न कुनै मोड अवश्य ल्याउनेछ। पछिल्लो एपिसोडमा आशाको पहिरनले सागर कथामा देखिने लगभग निश्चित नै भइसकेको छ।
अब पालो तपाईंको! के सागरलाई सिरियलमा फिर्ता ल्याउनु पर्छ? तपाईंलाई के लाग्छ, के यी आधारले सागर फर्किने संकेत दिन्छन् त? आफ्नो विचार कमेन्टमार्फत व्यक्त गर्नुहोला। तपाईंको आवाजले निर्माताहरूलाई यो कथा अझ बलियो बनाउन प्रेरित गर्न सक्छ।
पुरा भिडियो हेर्नुहोस्