भोलि र पर्सि देशभर वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने चेतावनी

काठमाण्डाै – मौसम पूर्वानुमान महाशाखाले भोलि बेलुकीदेखि पर्सि रातिसम्म देशका विभिन्न भागमा वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ। पश्चिमी वायुसँगै आएको न्यून चापीय प्रणालीका कारण मौसम बदली भई सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती, र कोशी प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

Mausam

महाशाखाका अनुसार, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा ठूलो हिमपात हुने अपेक्षा छ। गण्डकी, बाग्मती, र कोशी प्रदेशका उच्च पहाडी क्षेत्रमा पनि थोरै हिमपातको सम्भावना छ।

वर्षा र हिमपातका कारण देशभर तापक्रम घट्न सक्ने हुँदा चिसोले जनजीवन प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। दैनिक कामकाज, स्वास्थ्य, यातायात, र पर्वतारोहण गतिविधिमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तराईका धेरै भागमा हुस्सु लाग्नुका साथै पहाडी क्षेत्रमा आंशिक बदली सुरु भइसकेको छ। पहिलो हिउँदे वर्षाले चिसो थप बढ्ने अनुमान गरिएको छ। 

जनस्वास्थ्यमा असर पर्न नदिन र सम्भावित जोखिम न्यूनीकरण गर्न समयमै तयारी गर्न महाशाखाले सर्वसाधारणलाई अनुरोध गरेको छ।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post