काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रहँदा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहने र अन्य स्थानमा मौसम मुख्यतया सफा देखिने अनुमान गरिएको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
विगत केही दिनदेखि मौसममा देखिएको यो परिवर्तन पश्चिमी वायुको प्रभावका कारण भएको महाशाखाले जनाएको छ।