आजको राशिफल ~वि.सं. २०८१ कार्तिक २९ गते बिहीवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको पञ्चाङ्ग, वि.सं. २०८१ कार्तिक २९ गते बिहीवार तदनुसार ई. सं. २०२४ नोभेम्बर १४ तारिख, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु, कलिगत ५१२५, शाके १९४६, नेपाल सं. ११४५, किरातवर्ष ५०८४, मञ्जुश्री वर्ष २८६०, हिजरी सं. १४४६, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:१६ बजे र सूर्यास्त : साँझ ०५:०४ बजे, चन्द्रोदय : साँझ ०३:४२ बजे र चन्द्रास्त :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):

आज तपाईंले आँटेको र लक्ष्य गरेको कार्य सफल हुनेछ। टाढाका नातागोता वा परिवारजनसँग भेटघाटले सम्बन्ध सुमधुर बनाउनेछ। प्रेममा पनि सफलता मिल्नेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):

आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी हुन सक्छ। प्रेममा बाधा आउनुका साथै मन कमजोर रहनेछ। मालसामान हराउन सक्ने सम्भावना छ, सतर्क रहनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):

नयाँ कार्यको योजना बन्नेछ। नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ। दैनिक कार्यमा प्रगति हुनेछ र यात्राको सम्भावना छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउन सक्नुहुन्छ। स्वादिष्ट भोजन पाइनेछ, तर स्वास्थ्यमा खर्च बढ्न सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):

शुभ कार्यको चर्चा चल्नेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। कीर्तिमानी काम गर्ने समय छ। बन्धु-बान्धवबाट सहयोग पनि मिल्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):

महत्त्वपूर्ण अवसर गुम्न सक्छ। स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ। झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। मन्दिरको दर्शनले मन शान्त रहला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):

खेल र मनोरञ्जनमा सहभागी भइनेछ। विपरीत लिङ्गप्रति आकर्षण बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ, तर स्वास्थ्यप्रति सचेत हुनुपर्छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):

मनमा उत्साहका साथै बोली बिक्ने समय छ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। शुभकार्यको चर्चा चल्नेछ। नयाँ जिम्मेवारी पाइनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):

कुनै कुराले मनमा शान्ति छाउनेछ। कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ। शुभकार्यको चर्चा चल्ने र आर्थिक लाभ पनि रहला।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): 

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। कार्य सम्पादनमा समस्या आउला। महत्वपूर्ण अवसर गुम्न सक्छ। खानपिनमा विचार गर्नुहोला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):

धनार्जनका नयाँ स्रोतहरूमा विचार बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):

नयाँ कामको योजना बन्नेछ। काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ। चिताएको कामले तीव्रता लिनेछ। वैदेशिक कार्य पनि अघि बढ्नेछ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post