स्कूल बसको ठक्करबाट ८ वर्षीय बालकको गयो ज्यान

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का ८ वर्षीय अनमोल कुँवरको स्कुल बसको ठक्करबाट मृत्यु भएको छ।

सोमबार कृष्णपुर नगरपालिका–२ स्थित डायमण्ड इङ्गलिस बोर्डिङ स्कुलको ना ३ ख ८१४६ नम्बरको बसले ठक्कर दिएपछि गम्भीर घाइते भएका कुँवरको मंगलबार भारतको लखनउस्थित ईभिए अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार, विद्यार्थी उतारेर बस अघि बढ्ने क्रममा डायमण्ड स्कुलमै अध्ययरत अनमोलको खुट्टामा गम्भीर चोट लागेको थियो।

बालकको मृत्यु भएपछि आफन्त र स्थानीय आक्रोशित भएका छन्। दोषीमाथि कडा कारबाहीको माग गर्दै उनीहरूले विद्यालयमा प्रदर्शन गरेका छन्। आक्रोशित भीडले विद्यालयभित्रका फर्निचर बाहिर निकालेर आगो लगाएको छ।

स्थिति नियन्त्रणमा लिन अहिले विद्यालय परिसरमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। तनावग्रस्त क्षेत्रलाई शान्त बनाउने प्रयास भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

यस घटनाले स्कुल बसको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा गरेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post