बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर–१ गोरङ सुर्कालकी २० वर्षीया पार्वती बिष्टको भीरबाट लडेर मृत्यु भएको छ। सोमबार दिउँसो करिब ४ बजे स्थानीय छिना घेरको भीरबाट लडेकी बिष्टको घटनास्थलमै मृत्यु भएको हो।
पार्वती बिष्ट खर काट्ने क्रममा भीरबाट खसेको बताइन्छ। उनका काका केशव बिष्टले घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन्। कलिलो उमेरमै निधन भएपछि गोरङ गाउँ शोकमा डुबेको छ।
मृतक पार्वती बिष्ट घरकी एक्ली छोरी थिइन्। उनको अकस्मात मृत्युले परिवारमा स्तब्धता छाएको छ।