चिर्पट प्रहार गरेर जेठानीले लिइन् देउरानी ज्यान

बैतडीमा जेठानीले काठको चिर्पट प्रहार गर्दा देउरानीको मृत्यु भएको छ।

डिलाशैनी गाउँपालिका वडा नम्बर २ छेपट्टामा ३० वर्षीया दीपा बोहराले आफ्नै देउरानी २५ वर्षीया सुनिता बोहराको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

घरायसी विवादका कारण दीपाले सुनिताको टाउकोमा चिर्पटले प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए।

सोमबार बेलुकी ८ बजे जेठानी दीपाले घरायसी विवादका क्रममा देवरानी सुनिताको टाउकोमा हिर्काएकी थिइन्।घटनालगत्तै इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउदको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।

चिर्पटले हानेर देउरानीको हत्या गर्ने दीपालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post