भित्तामा कालो टेपले टाँसेको एक कोसा केरा ८४ करोड ५५ लाखमा बिक्री

सन् २०१९ मा डक्ट टेपले भित्तामा टाँसिएको एउटा केरा १ लाख २० हजार अमेरिकी डलरमा बिक्दा सामाजिक सञ्जालमा ठूलो चर्चा भएको थियो। त्यसबेला "कमेडियन" नामक यस कलाकृतिले दुनियाँभर हास्य र आलोचना दुवै पाएको थियो। हाल, यही कृति फेरि चर्चामा आएको छ।

Duct-Banana

इटालियन कलाकार मौरिजियो क्याटेलनद्वारा सिर्जित यस कलाकृतिको मूल्य यसपटक न्युयोर्कको सोदबिज लिलामी घरमा ६२ लाख ४० हजार डलर (नेपाली रुपैयाँमा करिब ८४ करोड ५५ लाख) पुगेको छ। यो कृति चिनियाँ कलेक्टर तथा क्रिप्टो व्यवसायी जस्टिन सनले खरिद गरेका हुन्।

साधारण केरा, असाधारण मूल्य

यस कलाकृतिमा एउटा साधारण केरा र डक्ट टेप प्रयोग गरिएको छ। मौरिजियो क्याटेलनका अनुसार यसले समाजको हास्य र विडम्बना झल्काउँछ। तर, धेरैले यसलाई कलाको नाममा ठट्टा भनेका छन्। आलोचना हुँदाहुँदै पनि यसको लिलामी मूल्य अचम्मलाग्दो रहेको छ।

यो कृति पहिलो पटक सन् २०१९ मा मियामीको आर्ट बासेल प्रदर्शनीमा प्रस्तुत गरिएको थियो। त्यसबेला यो १ लाख २० हजार डलरमा बिक्री भएको थियो। अहिले, यसलाई नयाँ केरा प्रयोग गरी लिलामीमा राखिएको थियो, जसले यसपटक कीर्तिमानी मूल्य हासिल गरेको छ।

लिलामीको सुरुवात र कीर्तिमानी मूल्य

२०१९ मा ८ हजार डलरबाट सुरु भएको बोली यसपटक २६ लाख ४० हजार डलरमा पुगेको थियो। लिलामी अघि सोदबिजले यस कृतिको मूल्य १० देखि १५ लाख डलरको बीचमा हुने अनुमान गरेको थियो। तर, जस्टिन सनले यसलाई आशातीत मूल्यमा खरिद गरे।

उनका अनुसार, “यो साधारण केरा मात्र होइन, यसले कला, मेम्स, र क्रिप्टोकरेन्सी समुदायलाई जोड्ने सांस्कृतिक घटनाको प्रतिनिधित्व गर्दछ।”

ला कि ठट्टा?

यस कृतिले विश्वभर फरक मत पाएको छ। कतिपयले यसलाई आधुनिक कलाको अद्भुत उदाहरण भनेका छन् भने धेरैले कलाको नाममा मजाक मानेका छन्। तर, यथार्थ के हो भने, यसले कलाकारको सिर्जनशीलता र नयाँ सोचको प्रतीक बनेर करोडौं मूल्य पाउन सफल भएको छ। - एजेन्सीको सहयोगमा

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post