पिकअप भ्यान दुर्घटना हुँदा: ५ जनाको मृत्यु

बागलुङ – बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट बागलुङ बजारतर्फ आउँदै गरेको पिकअप भ्यान दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। उक्त दुर्घटना जैमिनी नगरपालिका–७ जैदीको व्यार्थला नजिकै आज बिहान भएको हो।

ग२च ९२४७ नम्बरको पिकअप भ्यान करिब एकसय मिटर तल खस्दा चालकसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी केशव थापाले जानकारी दिए।

घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी रहेको छ।भ्यानमा सवार एक जना यात्रु भने गम्भीर अवस्थामा जीवित उद्धार गरिएको छ। उनको उपचार धौलागिरी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post