मोटरसाइकल दुर्घटनामा परी एक जनाको गयो ज्यान

रौतहटको चन्द्रपुर–४ स्थित पूर्वपश्चिम राजमार्गको पश्चिमतर्फको पहिलो लच्कामा मंगलबार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

सर्लाहीबाट निजगढतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ७०४९ नम्बरको मोटरसाइकल लच्का नजिक सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा परेका चालक सर्लाहीको पर्सा गाउँपालिका–६ निवासी २७ वर्षीय साजिद अन्सारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ।

अनियन्त्रित मोटरसाइकल राजमार्गबाट तल खसेपछि अन्सारी गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि चन्द्रनिगाहपुरस्थित अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

घटनाको जानकारी पाएलगत्तै ट्राफिक प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post