आफ्नै छोराले गरे बुवाको ह,त्या

काभ्रेपलाञ्चोकमा बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।नमोबुद्ध नगरपालिका वडा-७ का ४४ वर्षीय रामलाल श्रेष्ठ पक्राउ परेका हुन्। उनलाई प्रहरीचौकी भकुन्डेबेशीबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो

कात्तिक १० गते राति १० बजे ७४ वर्षीय बलबहादुर श्रेष्ठ आफ्नै घरमा सुत्ने कोठामा मृत अवस्थामा फेला परेका थिए। बलबहादुरको हत्या भएको देखिएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डिएसपी मिनबहादुर घलेले जानकारी दिए।

अनुसन्धानको क्रममा उनका छोराले हत्या गरेको खुलेको छ,' उनले भने। उनका अनुसार कात्तिक ८ गते साँझ ८ बजे अंशको विषयमा झगडा परेको थियो। बुबाले अंश दिन नमानेपछि अनुहारमा मुक्का हानेर घाइते बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ।

घाइतेपछि हँसियाले ४/५ पटक टाउकोमा हानेर भुइँमा ढलेपछि गलले घाँटी थिचेर हत्या गरी रामलाल फरार भएको डिएसपी घलेले जानकारी दिए।

घरमा तीन जनामात्रै बस्ने रहेछन्। एक जना बहिनी बोल्न सक्दिनन्। बुबा र दाजुको झगडा परेपछि उनी भागिन्,' डिएसपी घलेले भने, 'घरबाट भागेकी उनले दुई दिनपछि मात्रै घरमा शव देखेकी थिइन्। त्यसपछि प्रहरीलाई खबर भयो।

बुवा र छोराबीच पहिले पनि झगडा हुने गरेको डिएसपी घलेले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post