बाख्रा चोरेको आरोपमा एक जनाको हत्या

कैलालीमा बाख्रा चोरेको भन्दै एक युवकको हत्या भएको छ।गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भूलको कुटपिट गरी हत्या गरिएको प्रहरीले जानएको छ।

प्रहरीका अनुसार भूलमाथि शनिबार राति बाख्रा चोरी गरेको निहुँमा कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कविन्द्रसिंह बोहराले जानकारी दिए।

कुटपिटबाट घाइते भएका भुलको सोमबार धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनले बताएप्रहरीले भूलमाथि कुटपिट गर्ने कान्तिपुरका ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भूल, १८ वर्षीय युवक, २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरेको छ।

सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले पक्राउ गरेका उनीहरूमाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरी मुद्दा चलाउने प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post