आजको राशिफल - २८ कार्तिक २०८१ बुधवार

आज मिति २०८१ कार्तिक २८, बुधबार (2024 November 13) आजको राशीफल हेर्नुहोस्:

Aajako Rashifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यवसायमा प्रगति हुनेछ। महत्वपूर्ण कार्यहरू सम्पन्न गर्न सकिनेछ। स्वास्थ्यमा समस्या नआउला भन्ने छैन।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

अचानक लाभ प्राप्त हुने सम्भावना छ। कार्यमा सफलता मिल्नेछ। खर्च बढ्न सक्छ, ध्यान दिनुहोला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

परिवारसँग समय बिताउन पाउँदा आनन्द लाग्नेछ। साथीहरूको साथले उत्साह बढ्नेछ। धन खर्चमा ध्यान दिनुहोला।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धेरै प्रयत्न गर्दा पनि फल अनुकूल प्राप्त नहुन सक्छ। मानसिक चिन्तामा कमी आउनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। नयाँ काममा हात हाल्न मन हौसिनेछ। आर्थिक लाभको सम्भावना छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

यात्रा सुखद हुनेछ। आर्थिक लाभ हुनेछ। पुराना कामहरू सम्पादन हुनेछन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

शुभ समाचार प्राप्त हुनेछ। आत्मविश्वासले भरिएको समय हो। घरपरिवारमा शान्ति र सहयोगको वातावरण हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पुराना योजनाहरूले गति लिनेछन्। प्रेममा सफलताको सम्भावना छ। नयाँ योजना बनाउने समय हो।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आर्थिक स्थितिमा सुधार आउनेछ। नयाँ अवसरहरूको प्राप्ति हुनेछ। स्वास्थ्यमा ध्यान दिनुहोला।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

नयाँ ज्ञान प्राप्तिको दिन हो। परिवारमा रमाइलो माहोल बन्नेछ। पढाइमा प्रगति हुनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

व्यवसायिक क्षेत्रमा सुधार हुनेछ। पुराना समस्याहरू हल हुनेछन्। साथीहरूबाट सहयोग मिल्नेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धेरै दिनदेखि रोकिएका कामहरू आज सम्पन्न हुनसक्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुहोला।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post