आजको राशिफल, कार्तिक २६, सोमबार

आज मिति: २०८१ कार्तिक २६, सोमबार (२०२४ नोभेम्बर ११) आजको राशीफल:

Aajako Rashifal

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

अध्ययन र अनुसन्धानमा प्रगति हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। काममा सुधार र वृद्धि हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

परिश्रम गर्दा लक्ष्य प्राप्ति हुनेछ। नोकरी वा व्यवसायमा लाभ मिल्नेछ। परिवारको साथले काममा सहयोग पुग्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

अध्ययनमा मन लाग्नेछ। आत्मबल बढ्नेछ। व्यापारमा लाभ हुनेछ। नयाँ अवसर प्राप्त हुनसक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

स्वास्थ्यमा ध्यान दिनुहोला। खर्च बढी हुनेछ। योजना कार्यान्वयन गर्न कठिनाइ हुनेछ। धैर्य राख्नुपर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

प्रियजनसँग भेटघाट हुनेछ। आर्थिक लाभ प्राप्त हुनसक्छ। सामाजिक कार्यमा सहभागीता बढ्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

काममा प्रगति हुनेछ। लगानीबाट लाभ मिल्नेछ। सन्देश र यात्रा सफल हुनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

नयाँ काममा हात हाल्न सकिनेछ। आर्थिक पक्ष राम्रो रहनेछ। सामाजिक सम्मान बढ्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्यमा ध्यान दिनुहोला। खर्च बढ्न सक्छ। परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ। संयम आवश्यक छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

समय अनुकूल हुनेछ। काममा सफलता मिल्नेछ। साथीहरूसँग मिलन हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्यमा प्रशंसा प्राप्त हुनेछ। बौद्धिक क्षमताले लाभ हुनेछ। आत्मबल बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

यात्रा सफल हुनेछ। नयाँ कामको थालनी हुनेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ। मनोबल उच्च हुनेछ। सन्तान सुख मिल्नेछ।

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post