अरिंगालले चिलेर दिदी-भाइको गयो ज्यान

बझाङमा अरिंगालले चिलेर दिदी-भाइको मृत्यु भएको छ।मृत्यु हुनेमा थलारा गाउँपालिका –२ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खाती छन्। 

उनीहरू दिदी-भाइ हुन्।बझाङ प्रहरीका अनुसार अरिंगालले चिलेर ७ वर्षीया सुमी खाती, उनीहरूका आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा घाइते भएकी छन्। उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ।

शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा भेटिएको अरिंगालले उनीहरूलाई चिलेको थियो।उपचारको क्रममा बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post