मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ ।
यसलेमखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने,ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ।
किन आउँछ मुखमा घाउ-खटिरा ?
खासगरी शरीरमा पोषणको कमी (भिटामिन बी, सी, आइरन, प्रोटिनलगायत भोजनमा रेसादार खानाको कमी आदि) ले मुखमा घाउ हुन्छ । यसरी नै दाँत नमाझ्ने, खाना खाएर कुल्ला नगर्ने जस्ता सरसफाइको कमी, पेटसम्बन्धी रोगहरू (कब्जियत, ग्यास्ट्राइटिस वा अम्लपित्त, अपच आदि), पानीको कमी भएमा पनि मुखभित्र खटिरा आउने गर्छ। त्यस्तै, खाद्य विषाक्तता, सुर्ती-पानमसला, मद्यपान र धूमपान गर्ने, ब्याक्टेरिया तथा फङ्गसको संक्रमण, बढी तातो र मसलाहरू वा बढी अम्ल भएको खानपान गर्दा मुखभित्र र वरपर घाउ आउने गर्छ ।
कसरी समाधान गर्ने ?
- मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
- पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने ।
- हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने ।
- बढी चिल्लो पदार्थ नखाने ।
- हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने ।
- बिहानै बदाम भिजाएर खाने ।
- मह घाउमा लपक्क लगाउने ।
- पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने ।
- निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने ।
- जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।
बारम्बार समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ। तर मुखमा आएको घाउ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षणका आधारमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ।
कतिपय अवस्थामा घाउको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ। खासगरी यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले भएका घाउहरू जटिल हुन सक्छन् र औषधोपचार पनि आवश्यक हुन सक्छ । यसरी नै कारण अनुरूपको उपचारका लागि चिकित्सकको सल्लाह लिनुपर्छ ।
हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाै: दाँत कोट्याउनु कति हानिकारक ? सिन्का अर्थात टुथपिकलाई दाँत सफा गर्ने संसारकै सबैभन्दा पुरानो दन्तचिकित्सकीय उपकरण मानिन्छ। ब्रसको आविष्कार हुनुभन्दा करिब ७५ हजार वर्ष अगाडि नै मानिसहरु सिन्काले दाँत सफा गर्ने गर्थे भन्ने तथ्य अवशेषहरुको अध्ययनबाट पुष्टि भएको छ ।
तर अहिले दाँतको किटाणु हटाउन विभिन्न प्रकारका राम्रा र सुरक्षित उपकरणहरु बजारमा पाइन्छन् । तैपनि मानिसले सिन्काले दाँत कोट्याउन छोडेका छैनन् । सिन्काले दाँत कोट्याउनु किन हानिकारक त ? अमेरिकन डेन्टल एसोसियसनकी डा. सेली क्रेम भन्छिन्, ‘दाँतको बीचमा अड्केका खानाका ठूला टुक्रा निकाल्न टुथपिकको सहयोग लिन सकिन्छ तर यसले दाँत सफा गर्ने धागो तथा अरु माध्यम जसरी काम गर्दैन ।’
टुथपिक काठबाट बनेको हुन्छ र त्यो एकदम तीखो हुन्छ। मसँग एकजना बिरामी थिए, जसले टुथपिक प्रयोग गर्दथे र त्यसले दाँत कोट्याउने तथा गिजा कोट्याउने गर्दथे र त्यसैकारण उनको दाँतमा संक्रमण भएको थियो,’ उनी भन्छिन् । उनका अनुसार दाँतमा अड्केको खाना टुथपिकले निकाल्न खोज्दा ती फोहोर अझ भित्र पस्न सक्छ ।
ननिस्केपछि टुथपिक दाँतको भित्रसम्म पुर्याउने कोसिस गरिन्छ । त्यसो गर्दा गिँजामा घाउ लाग्न वा चल्न सक्छ । धेरै कोट्याए गिँजाबाट रगत आउन वा संक्रमण हुन सक्छ । त्यसैले दाँत कोट्याउन टुथपिकको प्रयोग गर्नुको साटो दाँत सफा गर्ने फ्लस पिक वा सफ्ट पिक प्रयोग गर्न उनी सल्लाह दिन्छिन् । दाँत कोट्याउने प्लास्टिक स्टिक पनि पाइन्छ । त्यसमा रबर हुनाले त्यो लचिलो हुने र गिँजामा चोट नलगाइ वा नदुखाइ फोहोर निकाल्न सकिन्छ ।
दाँत सुरक्षित राख्ने उपाय: दाँत सुरक्षित राख्न सबैभन्दा राम्ररी ब्रस गर्ने विधि जान्नुपर्छ । बच्चाका लागि फेन्ज टेक्निक, दाँत मिलेकाको लागि मोडीफाइल बास टेक्निकलगायत फरकफरक अवस्थाका दाँतका लागि विधि हुन्छ । दाँतमा रोग लागेपछि उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु सबैभन्दा उत्तम उपाय हो । रोग लाग्न नदिँन निम्न उपाय गर्न सकिन्छ ।
खाना खाएपछि, राति सुत्नुअघि अनिर्वाय नियमित दाँत माझ्नसपर्छ । हामीले आएका खानाका टुक्राटाक्रि दाँतमा रहेमा रातभरीमा त्यसले उत्पादन गर्ने अम्लीय तत्वले दाँतमा लाग्ने कीराका लागि सुन्दर वातावरण बनाइदिन्छ । त्यसपछि दाँतमा संक्रमण बढ्छ । सूर्ति राख्ने। ल्वाङको तेल राख्ने बढी गर्नु हुन्न । एसिड राख्ने गर्दा गिजा तथा छालामा असर गर्छ ।
दिनभरको समयमा मानिस आफै केही खाइरहने, गफ गरिरहने, मुख चलाइरहने हुँदा संक्रमणको अवस्था कम हुन्छ । तर, राति मानिस निष्क्रिय हुने हुँदा ब्याक्टेरिया सक्रिय हुने गर्छ । सुत्नुअघि ब्रस गरेपछि पानी पिएर निदाउनु दाँतका लागि स्वस्थ्यकर मानिन्छ । बिहानको ब्रस उठ्नेबित्तिकै नगर्दा फरक पर्दैन । ब्रसले दाँत माझ्दा सरसर्ती माफेर कुल्ला गर्ने नभई मुखभित्र तल–माथि गर्दै करिब ४५ डिग्रीको कोणमा घुमाउँदै माझ्नुपर्न । धेरै कडा ब्रस प्रयोग गर्नुहुन्न ।
धेरै कार्बोहाइडेड भएका खानेकुराले ब्याक्टेरीयालाई एसिड उत्पादन गर्न सघाउ पुर्याउँछ । बच्चालाई सानैदेखि दन्तचिकित्सककोमा लगेर दाँतको उपचार र रेखदेख गर्न सिकाउनुपर्छ । स्वस्थ्यकर खानासँगै दाँतमा साना खाल्डाहरु भर्ने गर्नुपर्छ । मानिसले फोहर भयो भनेर बेस्सरी घोटेर दाँत माझेको देखिन्छ । त्यसो गर्दा खाल्डो भएर झन् बिग्न्छ ।
हरियो सागसब्जी, दूध, भिटामिन, फाइबरयुक्त पिठोको रोटी तथा घरमै बनेका खानेकुरा खाजा खाने बानी बसाल्नुपर्छ । बजारको मम, चाउमिन दाँतमा बढी टाँसिन्छ । पेट र स्वास्थ्यका लागि पनि त्यस्ता खाना योग्य हुन्न । स्कुलमा पनि दाँत माझ्ने तरिका सिकाउनु जरुरी छ ।
फ्लोराइड तत्व दाँतलाइृ अति आवश्यक हुन्छ । पानी, नून, दूधमा फ्लोराइड मिलाएर आन सकिन्छ । यो तत्व भएका अर्गानिक खाद्यपदार्थ खानुपर्छ । जिब्रोमा ६० प्रतिशत ब्याक्टेरिया हुन्छ । दाँतसँगै त्यसको दैनिक सफ गर्नुपर्छ । पानी पुगेन, पेटको समस्या हुनेको स्वास गन्हाउँछ । टुथपिकले दाँत कोट्याउनु हुन्न । विशेषखालको धागो पाइन्छ, त्यसले अड्ेका आनेकुरा निकाल्ने गर्नुपर्छ।