पछिल्लो समय मानिसमा रक्तचाप (ब्लड प्रेसर) सम्बन्धी रोगीको संख्या दिनानुदिन बढिरहेका छन् । खानपान र जीवनशैलीका कारण ब्लड प्रेसर रोगी बढिरहेका छन् ।रक्तचाप बढेसँगै यसले शरिरमा अन्य रोगहरु पनि बल्झाइदिन्छ । जसले गर्दा रक्तचाप बढ्न नदिन समयमै सचेत रहनुपर्छ । यसका लागि केही उपयोगी जानकारी दिन खोजिएको हो ।
१. एकैपटक धेरै खानेकुरा खानु हुँदैन । मसाला तथा तेलमा तारेको खानेकुराबाट टाढा बस्नुपर्दछ ।
२. भोजनमा फलफूल र तरकारीको मात्रा बढी लिनुपर्दछ ।
३. लसुन, प्याज, भटमासको सेवन फाइदाजनक हुन्छ ।
४. भोजनमा पोटासियमको मात्रा बढी र सोडियमको मात्रा कम हुनु पर्दछ ।
५. नुनको सेवन कम६. चिनी, क्याफिन, चक्लेट, जंक फूड आदिको सेवन नियन्त्रित गर्नुपर्दछ ।
७. दिनमा कम्तिमा १०–१२ गिलास पानी पिउनु पर्दछ ।
८. जौ, गहुँको पिठो, मुङ्ग, अंकुरित दाल आदिको सेवन गर्नुपर्दछ ।
९. काउली, पालुङ्गो, मेथीको साग आदि नियमित खानुपर्दछ ।
१०. तरकारीमा लौका, पुदिना, परवल, सजिवन, फर्सी, करेला आदिको भोजन फाइदाजनक छ ।
११. जुवानो, अदुवा पनि नियमित खाए फाइदा पुग्दछ ।
१२. मौसम, अंगुर, अनार, मेवा, स्याउ, सुन्तला, अम्बा आदि फलको नियमित सेवन गर्नु पर्दछ ।
१३. दूध, भटमासको तेल, गाईको घिऊ, सखर, मह, बदाम आदिको सेवन पनि रक्तचाप रोगीको लागि गुणकारी मानिन्छ ।