काठमाडौं – खानपानको तौरतरिका तथा समय मिलाउदा शरीर स्वस्थ हुन्छ । सामान्यतयाः फलफूल भनेर हामि जुन बेला पनि खान तयार हुन्छौ । तर हाम्रो त्यस्तो सोचाईं गलत हो । जानकारहरूका अनुसार यी खानेकुरा खाली पेट खानुहुँदैन ।
खाली पेटमा के नखाने ?
![]() |
केरा |
केरा
पौष्टिक आहार भरिपूर्ण फल मानिन्छ केरा । यसमा आइरन र पोटासियमको मात्रा बढी हुन्छ । बिहान खाली पेट खायो भने यो खतरनाक पनि हुन सक्छ ।
चिकित्सकका अनुसार विशेषगरी माइग्रेन र एसिडिटीका बिरामीले केरा खाली पेट खानु हुँदैन । किनकी खाली पेट केरा खाँदा एसिडिटी बढाउँछ ।
गोलभेडा
तरकारीमा मिसाउन होस्, अचार बनाउन वा सलादको रुपमा खान, गोलभेडा उपयोगी हुन्छ । त्यसो त हाम्रो भान्सामा गोलभेडा अनिवार्य जस्तै हुने गर्छ । गोलभेडा आफैमा स्वस्थ्यवद्र्धक पनि मानिन्छ । यसमा एन्टिअक्सिडेन्ट पर्याप्त हुन्छ ।
![]() |
गोलभेडा |
यसले उच्च रक्तचाप, मुटु रोगको जोखिम कम गर्छ । साथै गोलभेडामा भिटामिन सि, पोटासियम तथा फोलेट पनि पाइन्छ । यति गुणी गोलभेडा खाली पेटमा भने खान उचित हुँदैन । खाली पेटमा गोलभेडा खाँदा पत्थरी, ग्याष्ट्रिक तथा अल्सरको जोखिम बढाउँछ ।
अमिला फलफूल
अमिला फलफूलमा अधिकांशको रुची हुन्छ । तीमध्ये सुन्तला त धेरैको प्रीय नै मानिन्छ । तर यही सुन्तला खाली पेट खायो भने मानव शरीरका लागि विष बन्न सक्छ । त्यसकारण अमिलो फलफूल खाली पेट खानुको सट्टा नास्ता गरेर खानु उपयुक्त हुने जानकार बताउँछन् ।
दही
पेटका लागि निकै उपयोगी खानेकुरा हो दही । गर्मी मौसममा त यो निकै फाइदाजनक हुन्छ । खाली पेट दही खायो भने यसको पौष्टिक तत्व शरीरले पाउँदैन । एसिडिटी उत्पन्न हुन्छ ।
![]() |
दहि |
चिया वा कफी
चिया कफी पिउनु नेपाली संस्कृति नै बनेको छ । त्यससँगै निद्रा हटाउन पनि मानिसहरूले प्रायः चिया वा कफी पिउने गरेको पाइएको छ ।
![]() |
चिया/कफी |
खाली पेट चिया वा कफी पिउँदा शरीरमा एसिडिटीको मात्रा बढाउने चिकित्सकहरू बताउँछन् । चिया–कफीमा भएको कैफिन वा निकोटिनबाट एसिड बन्छ। यसले पाचन प्रणालीमा नै असर पुर्याउँछ।
खाली पेटमा के खाने ?
![]() |
पानि |
यसैगरी मेवा पनि खाली पेटमा खाँदा धेरै फाइदाजनक हुने बताइन्छ । खरबुजा खाली पेटमा खानु लाभदायक हुन्छ । ड्राइ फ्रुट्स पनि खाली पेटमा सेवन गर्दा बढी फाइदा मिल्छ । एजेन्सी