श्रीमान र श्रीमतीवीचको सम्वन्ध किन बिग्रन्छ ? यस्ता छन् कारणहरु


हामी तपाइँहरुलाई सधै प्रेरणादायी कुराहरु दिने गरेका छौ । प्रेरक भनाईहरु, मनछुने लाईनहरु, जीवनशैली, व्यक्तित्व विकास र साथ् साथै सुन्दर जीवनको लागि स्वास्थ्य सम्बन्धि जानकारीहरु पनि पस्किने गरेका छौ । आशा छ हाम्रो यी जानकारीहरुले तपाइँहरुलाई केहि न केहि सहयोग अवश्य पनि पुर्याइरहेको छ ।

आज पनि हामीले यहाँ तपाइँहरु माझ एउटा जानकारीमुलक कुरा लिएर आइसकेका छौ ।श्रीमान र श्रीमती भनेको एक रथका दुई पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । बिहे भइसकेका श्रीमान श्रीमतीले आफ्नो वैवाहिक जीवन सन्तुलित राख्नको लागि संधै सचेत हुनुपर्छ । श्रीमान श्रीमतीको सम्बन्ध संसारकै उच्च कोटीको भावनात्मक सम्बन्ध मानिन्छ । जसमा श्रीमान श्रीमती दुवै पक्षको आपसी समझदारीले अत्यन्तै महत्वपूर्ण भुमिका निर्वाह गरेको हुन्छ।

जीवनभर एकअर्कालाई साथ दिने बाचा कसम खाएर जोडिएको कतिपयको सम्बन्ध बिच बाटोमै आएर तोडिन्छ । एउटै छानोमुनी बस्ने, एउटै ओछ्यानमा सुत्ने, एउटै थालमा खाने भावनात्मक सम्बन्ध जोडिएका जोडिहरु एकाएक किन टुट्छन् ? आत्मियताको साथ प्रगाढ बनेको सम्बन्धमा कटुता आउनु भ्रम र अविश्वास बढ्नु अन्ततः अलग विषय हुन् । तर सम्बन्धलाई पुनविराम दिने अवस्थामा पुग्न एउटै कारण हुँदैन् । यो बेला दुवैले आफुहरुको सम्बन्धमा केही न केही गल्ती गरेकै हुन्छन् ।

एक दाम्पत्य जोडी टुट्नु एक दुखद कुरा कुरा हो । यसले श्रीमान श्रीमतीलाई मात्र हैन उनीको सन्तानलाई समेत नराम्रो असर पर्छ । उनीहरुका आफन्त, नातेदार इष्टमित्र छरछिमेकी यस्तो कुराबाट प्रभावित हुन्छन् ।जब दम्पतिबिच फाटो आउँछ तब उनीहरु एउटै छानोमुनी बस्न सक्दैनन् र अलग हुन बाध्य हुन्छन् ।

पति पत्नीबिचको महत्वकांक्षा पनि कहिलेकाही दाम्पत्य सम्बन्धमा फाटो ल्याउने कारण बन्छ । एक विवाहित महिलाले घरको संघार नाघेर बाहिर आउनु बिद्रोह गरे जतिकै हो । कतिपय यस्तो परिवार हुन्छ जहाँ यस्तो अशोभनिय काम गर्नु र आफुलाई खुुम्चाएर राख्न सक्दैनन् । उनीहरुले आफ्नो इच्छा आंकाक्षालाई खुम्चाएर राख्न बाध्य हुन्छन् ।

घरको परिधिबाट बाहिर जान खोज्दा पति पत्नी बिचको सम्बन्धमा मतभेद आउँछ । कारण सम्बन्धले अर्कै मोड लिन्छ । कतिपय श्रीमती उच्च महत्वकांक्षा हुने हुँदा उनीहरु परिवारको परिधिबाट बाहिर आउन चाहन्छन् । यस्तो अवस्थामा श्रीमान श्रीमतीको मतभेद मिल्दैन् । यस्तै कुरालाई नियाल्नै जाने हो भने के श्रीमती महत्वाकांक्षी हुनु समस्या हो त ? भन्ने जटिल प्रश्न आउन सक्छ किनकी हाम्रो समाजमा एक विवाहित महिलालाई परिवार सम्हाल्ने दायित्व दिएको हुन्छ ।

सामाजिक परम्परालाई स्वीकार गर्ने हो भने एक महिलाले छोराछोरी, सासु, ससुरा घर व्यवहार सम्हाल्नुपर्ने हुन्छ । पत्नीले घरको काम सम्हालेपछि पतीलाई घरबाहिरको जिम्मेवारी दिएको हुन्छ ।यद्यपी यस्तो किसिमको तालमेलले दाम्पत्य जीवनमा सुख छाउँछ ।

तर एक महिला तथा एक श्रीमती घरधन्दामा नै सिमित हुनुपर्ने अवस्था सिर्जना हुन्छ । यसअर्थ श्रीमतीको महत्वकाक्षा आफैमा समस्या भने होइन् । तर त्यसलाई उचित तरिकाले व्यवस्थापन गर्न नसक्नु चाँही समस्या हो । अक्सर श्रीमतीको महत्वकांक्षा पुरा गर्ने बाटोमा श्रीमानले सहयोग गर्छन त भन्ने कुरामा नकारात्मक जवाफ आउन सक्छ । किनकी पुरुष आफै अभिमान हुन्छ । अक्सर धेरै श्रीमान चाहन्छन् की श्रीमती आफु भन्दा अगाडी नजाओस् ।

Post a Comment

Previous Post Next Post