महिलाको वीभत्स हत्या, टाउको लिएर हिँड्दै गर्दा पक्राउ


उदयपुरमा एक जना महिलाको वीभत्स हत्या भएको छ।हत्या आरोपमा त्रियुगा नगरपालिका-६ जलजले पसल गरी बस्ने ३६ वर्षीय जंगबहादुर घिसिङ तामाङलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिहर योगीले जानकारी दिए।उनीमाथि २८ वर्षीया प्रमिला लामाको हत्या गरेको आरोप छ।

घटना गएराति साढे ६ बजेतिरको हो।प्रमिलाको टाउको बोकेर जलजले बजारमा हिँड्दै गरेको अवस्थामा स्थानीयले तामाङलाई देखेका थिए।

उनले टाउको बोकेर हिँडिरहेको देखेपछि कतिपयले फोन निकालेर सामाजिक सञ्जालमा लाइभ समेत गरेका थिए।प्रहरीले पनि यस घटनाबारे थाहा पाएपछि इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएका थिए।एसपी योगीका अनुसार जंगबहादुर र प्रमिला पूर्वश्रीमान-श्रीमती हुन्।

कामको सिलसिलामा जंगबहादुर भारत बस्थे। गत असोज १३ गते उनी फर्किएका थिए। दुई वर्ष जति अगाडि उनीहरूको डिभोर्स भएको रहेछ। फर्किएपछि उनीहरू पुन: घरबार गर्ने, मिल्ने, छोराछोरी हेर्ने भन्ने खालको समझदारी भएको रहेछ,’ एसपी योगीले भने, ‘तर त्यसैबीच दुई जनाको केही कुरा नमिलेको हुनसक्छ। अहिले नै सबै कारण खुलिसकेको छैन।

जंगबहादुरले घरमा खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। शरीर भने कोठामै भेटिएको थियो।प्रहरीले जंगबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post