बाढी पहिरोको कारण काठमाण्डौमा ३४ जनाको गयो ज्यान १७ जना वेपत्ता


मुसलधारे वर्षाका कारण आएको बाढी पहिरोमा परी काठमाण्डौ उपत्यकामा ३४ जनाको ज्यान गएको छ । काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार काठमाण्डौमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा पाँच जना गरी ३४ जनाको ज्यान गएको हो ।

यस्तै तीनवटा जिल्लामा गरी १७ जना बेपत्ता रहेका कार्यालयका सूचना अधिकारी एवम् प्रहरी उपरिक्षक एसएसपी विनोद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका छन् ।

 उपत्यकामा एक हजार तीन सय १५ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । यस्तै ७९ वटा पशुचौपाय मरेका र दुई हजार दुई सय ४१ वटा घर डुवानमा परेका एसएसपी घिमिरेले जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post