हार्दिक श्रद्धाञ्जली कठै १३ जनाको ‘एउटै चिता’मा यसरी गरियो अन्त्येष्टि

भूकम्पमा ज्यान गुमाएका १५७ जनाको शव आफन्तले बुझेका छन्।शुक्रबार राति ११:४७ जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट १५७ जनाको मृत्यु भएको हो।

जाजरकोटमा १०५ जना र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो।सबै मृतकको शव आफन्तले बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ।


यस्तै भूकम्पमा परी साढे २ सय बढी मानिसहरू घाइते भएका छन्। १४६ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्। अझै ११० जना उपचाररत छन्। जाजरकोटमा घाइते भएका ६० जना विभिन्न अस्पतालमा उपचाररत छन्। यस्तै रूकुम पश्चिममा ४५ जना घाइते छन्। कतिपय घाइतेहरूलाई थप उपचारको लागि नेपाली सेनाको हेलिकप्‍टरमार्फत काठमाडौं ल्याइएको छ

Post a Comment

Previous Post Next Post