लक्ष्मी पूजा गर्न बालेको दियो आफ्नै ज्यानमा सल्किँदा एक जनाको गयो ज्यान

लक्ष्मी पूजा गर्न बालेको दियो सल्कँदा आइतबार एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा भक्तपुर, मध्युपुर ठिमी नगरपालिका बस्ने ८३ वर्षीया सावित्रादेवी मल्ल रहेको भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

डिएसपी पाठकका अनुसार उनले तीन तले घरको दोस्रो तलामा लक्ष्मी पूजा गर्न दियो बालेकी थिइन्।अचानक दियोको बत्ती आफैंले लगाएको कपडामा सल्किएको ८५ वर्षीय श्रीमान् गुरूप्रसाद दाहालले पानी हाली निभाउने कोसिस गरेको थिए। तर आगो ननिभेपछि सावित्रादेवीको घटनास्थलमै मृत्यु भएको डिएसपी पाठकले जानकारी दिए।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Post a Comment

Previous Post Next Post