बन्चरो प्रहार गरेर महिलाको हत्या

जुम्लामा बन्चरो प्रहार गरेर एक महिलाको हत्या गरिएको छ । कनकासुन्दरी गाउॅपालिका-३ ओखरपाटाकी ३५ वर्षीया अमृता बुढाको बन्चरो प्रहार गरेर हत्या भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक गणेशबहादुर रावल नेतृत्वको टोली घटनास्थलमा खटिएको छ । स्थानीयका अनुसार शुक्रबार दिउँसो साढे १२ बजेतिर महिलाको हत्या गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लादेखि घटनास्थलतिर प्रहरी टोली खटिइसकेको छ,' प्रहरी निरीक्षक चन्दले भने, ‘घटनाको अनुसन्धान गर्ने र हत्यामा संलग्नलाई पक्रेर टोली फर्किने छ ।

बन्चरो हान्ने श्यामबहादुर मानसिक सन्तुलन गुमेको व्यक्ति भएको स्थानीयले बताएका छन् । उनलाई प्रहरीले समातिसकेको प्रहरी निरीक्षक चन्दको भनाइ छ ।

Post a Comment

Previous Post Next Post