सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-१ ड्राइभर टोल बस्ने ५० वर्षीय मादबलाल देबकोटा र मोटरसाइकलमा सवार सोही नगरपालिका-२ जानकीनगर बस्ने ४० वर्षीया यादा क्षेत्री रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गोहिरी ज्युलामा लु.१ ज २२९७ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा चौरजहारी नगरपालिका-१३ बस्ने ४५ वर्षीय मस्त बहादुर वलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मिसन अस्पताल चौरजहारीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २० जनामध्ये १४ जनाको मिसन अस्पताल चौरजहरीमा उपचार भइरहेको २ जनालाई थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ भन्ने अन्य २ जनालाई नेपाली सेनाको हेलिकोप्टरद्वारा मेडिकल कलेज कोहलपुर पठाइएको छ ।

उता स्याङ्जाको पुतलीबजार नगरपालिका-१४ भिरबारीस्थित सडकमा ग.१ त ४९८७ नम्बरको ट्याक्टर बाटोबाट पल्टिएर सोमबार बिहान दुर्घटना हुँदा चालक दाङ दंगीशरण गाउँपालिका-४ बस्ने २८ वर्षीय रामहरी चौधरीको घटनास्थलमै मृत्यु भएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले उद्धार कार्यको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post