गत शुक्रबार मध्यरातमा गएको भूकम्पपछि उद्धारका लागि मोटरसाइकलमा जाँदै गर्दा बाटोमा माथिबाट खसेको पहिरोमा परेका उनको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारकालागि सुर्खेतको कालागाउँस्थित प्रादेशिक अस्पताल पुर्याइएको थियो । उपचारको क्रममा शुक्रबार विहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।
यससँगै जाजरकोट भूकम्पबाट मृत्यु हुनेको संख्या १५४ पुगेकोछ । यसअघि भूकम्पमा परी रुकुमपश्चिमका ५२ र जाजरकोटका १०१ जनाको मृत्यु भएको थियो ।