सुतेको बेला धेरै पसिना आउनु पनि हुन सक्छ कैयौं रोगको संकेत


कतिपय व्यक्तिलाई रातमा सुतेको बेला पसिना आउने गर्छ । त्यस्तो बच्चाहरुमा पनि देखिन्छ । यसका कैयौं कारणहरु हुन सक्छन् ।यदि गर्मी मौसममा वा कोठामा हावा नपसेर गर्मी भएर पसिना आएको छ भने त्यो स्वभाविक हो ।

तर गर्मी नहुँदा पनि पसिना आउँछ भने यसले केही खतरनाक शारीरिक समस्याहरुको संकेत पनि गर्दछ ।थाइराइडयदि तपाईंलाई सुतेको बेला एकदमै धेरै पसिना आउँछ भने यो थाइराइड बढ्नेतिर इसारा गरेको हुन सक्छ । किनकी धेरै पसिना आउनु हाइपरथाइराइडिज्मको प्रमुख लक्षण हो ।हर्मोनल असन्तुलनकतिपय व्यक्तिलाई हर्मोनल असन्तुलनले गर्दा पनि पसिना आउने गर्छ ।

यसले मानिसको शारीरिक विकास पनि रोकिन सक्छ साथमा शरीर संवेदनशील हुन्छ ।मुटुको समस्याकतिपय अवस्थामा धेरै पसिना आउनु मुटु सम्बन्धी विमारीहरुको संकेत पनि हुन सक्छ । यदी रातमा सुतेको बेला आराम भएन वा मुटुतिर अप्ठ्यारो भयो भने पनि अत्यधिक पसीना आउने गर्छ ।नसासुतेको बेला धेरै पसिना आउनु नसा सम्बन्धी केही समस्याहरुतिर पनि संकेत गर्छ । यसले शरीरको तापक्रम बढ्छ र नसाहरु तिव्र गतिमा चल्न थाल्छन् ।

यस्तो स्थितिमा मानिसलाई कतिपय अवस्थामा खुट्टाहरु काँप्ने जस्तो समस्या पनि हुन्छ ।ब्लड सुगरशरीरमा ब्लड सुगरको मात्रा कम हुँदा पनि सुतेको बेला अत्यधिक पसिना आउँछ । यस्तोमा सुत्नुअघि रगतमा ग्लूकोजको मात्रा स्थिर हुन्छ तर सुतेपछि अचानक यो कम हुँदै जान्छ ।

पाचन तन्त्रकहिलेकाँही पाचन प्रक्रिया वा पाचन सम्बन्धी समस्या भएको बेला पनि रातमा पसिना आउने गर्छ । यस्तोमा खाना पचाउनका लागि मेटाबोलिज्मलाई सुतेको बेला पनि काम गर्नुपर्ने हुन्छ । तर यो प्रक्रिया सुस्त भयो भने पाचन प्रक्रियामा धेरै मेहनत लाग्छ । जसले गर्दा शरीरबाट पसिना पनि आउँछ ।

Post a Comment

Previous Post Next Post