परदेशबाट फर्किएर श्रीमतीसहित ३ सन्तानको बिदाइ गरेका उदय


कोलचौर (जाजरकोट) । जाजरकोटको भेरी नगरपालिका-१, कौलचौरका ३४ वर्षीय उदय विक स्वदेश फर्किँदा उनका छोराछोरीहरु सधैँ करिब तीन सय मिटर तल रहेको मुख्य सडकसम्म लिन पुग्थें ।

वैदेशिक रोजगारीका लागि मलेसिया गएर विक स्वदेश फर्किँदा छोराछोरीका लागि केही कपडा र श्रीमतीका लागि पनि उपहार लिएर आउँथे । तर, यसपालि उनलाई लिन आउने छोराछोरी थिएनन्छोराछोरीको उज्ज्वल भविष्यका लागि भन्दै उनी वैदेशिक रोजगारीका लागि गएका थिए । तर, शुक्रबार गएको ६.४ रेक्टर स्केलको भूकम्पमा उनले श्रीमती ३० वर्षीया जानुका सुनार, छोरी १३ वर्षीया शर्मिला विक, ९ वर्षीया अञ्जली विक र ४ वर्षीय छोरा उज्ज्वल विक गुमाए ।

त्यही घरमा जानुकाकी देवरकी छोरी ११ वर्षीया निरुता विक र भाञ्जी ८ वर्षीया विष्णु तिरुवाको पनि मृत्यु भएको थियो ।शुक्रबार जाजरकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको उनले समाचारमा सुनेका त थिए । तर, आफ्नै परिवार पनि त्यसमा पर्यो होला भन्ने सोचेका थिएनन् ।

दुई दिनपछि फेसबुकमा घरकै फोटो देखेँ, फोन गरेर पनि तुरुन्तै घर आउनुपर्ने भयो भन्नुभयो’, उनले सुनाए, ‘त्यतिबेलै कुरा बुझिसकेको थिएँ ।’उदय नआउञ्जेल छरछिमेक र आफन्तले श्रीमती र छोराछोरीको शव जिल्ला अस्पताल, जाजरकोटमै छाडेका थिए ।

उनी सोमबार आउने भएसँगै शव बुझेर ल्याएको छिमेकी ३८ वर्षीय सज्जनराज विकले बताए । उनले भने, ‘उहाँ नआएसम्म जिम्मा लिने कुरै भएन, सोमबार आइपुग्ने भनेपछि घरमा शव ल्याएका थियौं ।

ऊदय नआउञ्जेल छरछिमेक र आफन्तले श्रीमती र छोराछोरीको शव जिल्ला अस्पताल, जाजरकोटमै छाडेका थिए । उनी सोमबार आउने भएसँगै शव बुझेर ल्याएको छिमेकी ३८ वर्षीय सज्जनराज विकले बताए । उनले भने, ‘उहाँ नआएसम्म जिम्मा लिने कुरै भएन, सोमबार आइपुग्ने भनेपछि घरमा शव ल्याएका थियौं ।’

सोमबार अपराह्न झण्डै १ बजेतिर उनी घरभन्दा तलतिर रहेको सडकसम्म आइपुगेका थिए । एउटा सुटकेश बोकेर आएका उनी उकालो चढ्न थालेपछि छिमेकीहरु आएर सामान बोकिदिए । पहिले-पहिले घरमा पुग्दा बुबा आउने वित्तिकै झोला हेर्ने बच्चाहरुको शव यसपटक लस्करै राखिएका थिए । श्रीमतीसहित ६ जनाको शव देख्दा उनी थामिन सकेनन् ।

दाहसंस्कारका लागि घाटसम्म बोकेर लैजानका लागि कोही बाँसका घारा बनाइरहेका थिए, कोही दाउरा संकलन गरिरहेका थिए । नजिक पुगेपछि उदय पुर्पुरोमा हात राखेर थचक्क बसे । केही बोल्न सकेनन् ।

दैव पनि कस्तो, कोही बचेनन्’, उदयसँगै टुक्रुक्क बसेकी छिमेकी ४० वर्षीया लक्ष्मी सुनुवारले भनिन्, ‘गाउँमा कोही नबितेका घरै रहेनन् ।’

छिमेकी सज्जनराज विकका अनुसार, उदयले उज्ज्वल र अञ्जलीलाई बोर्डिङ स्कुल भर्ना गराएका थिए । ‘उज्ज्वल नर्सरीमा पढ्थ्यो, अञ्जली एलकेजीमा पढ्दै थिइन्’, उनले सुनाए, ‘शर्मिला चाहिँ अपाङ्ग थिइन्, उनलाई यहीँको सरकारी विद्यालय भर्ना गराइएको थियो ।
उनको घरमा ६ जनाको मृत्यु भएपछि ५ जनाको मात्र अन्त्येष्टिको तयारी हुँदै थियो । भाञ्जी ८ वर्षीया विष्णु तिरुवाकी आमा रोजगारीका लागि कवेत गएकी थिइन् । उनलाई आउन समय लाग्ने भएकाले विष्णुको शव भने अस्पतालबाट घर ल्याइएको छैन । ‘पोष्टमार्टम त भइसकेको थियो, तर आमा आउञ्जेल राख्ने भन्ने भएपछि अस्पतालमै छ’, विकले भने, ‘बुबा पनि मजदुरी गर्न भारत गएका थिए, अहिले आइसकेका छन् ।
आमाले गाउँमा आइपरेको विपद्बारे जानकारी दिँदै कम्पनीमा विदा मागिसकेको सुनाउँदै उनले भने, ‘उहाँ पनि चाँडै आउनुहुन्छ होला, अनि अन्त्येष्टि हुन्छ ।
मृतक निरुता विकका बुबा, जानुकाका देवर भने संयोगले शुक्रबार घरमा थिएनन् । आफन्त करिब ६० वर्षका तेजाब कामीको कालगतीले मृत्यु भएपछि अन्त्येष्टिका लागि उनी गएका थिए । त्यसपछि शुक्रबार उनी तेजाबकै घरमा बसेका थिए । ‘मलामी गएर उहाँकै घरमा सहयोगका लागि भनेर बस्नुभयो, तर आफ्नो घरमा यस्तो भयो’, सोमबार दिउँसो भेटिएका सज्जनले भने ।
दाहसंस्कारका लागि भेरी नदी किनारमा लैजाने तयारी थियो । ठूलालाई जलाइँदै थियो भने सानालाई गाड्न खाडल खनिएको थियो । घाटमा उज्ज्वललाई छाड्ने बेला बुबा उदय फेरि भक्कानिए, ‘भविष्य उज्ज्वल बनाउँला भनेर नामै उज्ज्वल राखेको थिएँ, मेरो भविष्य नै अन्धकार बनाएर गयौं ।’


गाड्न लाग्दा उनी ४ वर्षका छोरा उज्ज्वलको शवलाई अंगालो हालेर ग्वाँग्वाँ रुन थाले । नजिकै भएकाहरु पनि भक्कानिए । उनको परिवारका सदस्यहरुको दाहसंस्कारमा आसपासका गाउँका समेत गरेर झण्डै ३ सय बढी सहभागी थिए ।
छिमेकामा पनि मारिए ६ जनाशुक्रबार राति भूकम्प गएलगत्तै उद्धारका लागि समेत पुगेका सज्जनका अनुसार, घरमा बाहिर पट्टीबाट हेर्दा क्षति भए जस्तो नदेखिएपछि भित्र सबै ढुंगा झरिसकेका थिए ।

छेउ पट्टीको कोठामा दुई जनाको मृत्यु भइसकेको थियो, त्यहीँबाट ३ जनालाई भने जीवितै उद्धार गर्यौं’, उनले भने, ‘आमा हस्तकुमारी विक, नातिना विक्रम विक र रविना विक अहिले डिस्चार्ज भइसकेका छन् ।’ तिनै जनाको टाउकोमा चोट लागेको थियो, अहिले उपचारपछि फर्किएका छन् ।

बाहिर पुग्दासम्म ‘अइया…, अइया…’ भनेको आवाज आफूले सुनेको सज्जनकुमार बताउँछन् । भन्छन्, ‘तर, उद्धार गर्दासम्म अरु कोही बाँकी रहेका थिएनन् ।’ यही गाउँबाट ३ सय मिटर तल रहेको सडक छेउमा पनि शुक्रबार एकैघरका ६ जना भूकम्पमा परेर बितेका थिए ।

राउत गाउँमा दुई तलाको ढुंगा र माटोको घरमा पद्यमी मल्ल, शंकर मल्लसहित ७ वर्षीय विनय परियार, ५ वर्षीया सम्झना परियार, ९ वर्षीय सुजन रावत र उनका भाइ २ वर्षका सुदाम रावतको मृत्यु भएको थियो ।


आफन्त ५० वर्षीया नुन्नु मल्ल रावतका अनुसार, सुजन र सुदाम ठूलोआमाको घरमा गएका थिए । ‘तलतिर घर थियो, आइरहन्थेँ’, उनले भनिन्, ‘शुक्रबार यस्तो भयो ।’


छिमेकी ४३ वर्षीया सन्तके रावतका अनुसार, घर ढलेको देखेर जाँदा कोही बोलिरहेका थिएनन् । ‘मैले मान्छे मर्यो भन्दै धेरैबेरसम्म कराएँ, त्यसपछि मात्र अरु मान्छेहरु आए’, उनले भने, ‘त्यसपछि उद्धार सुरु गरेका थियौं ।’


भूकम्पमा परेर मारिएका सम्झना र विनयका बुबा ललित परियार (२६) शुक्रबार बगरमा छेउ रहेको घट्टमा गएका थिए । ‘घट्टमा गएको थिएँ, मैले बिहान मात्र यस्तो भएको थाहा पाएँ’, उनले अनलाइनखबरसँग भने ।


नजिकै-नजिकै एकै परिवारका ६/६ जना गरेर १२ जनाको मृत्यु भएपछि अहिले पुरै गाउँ शोकमा छ । अझ सोमबार अपराह्न आएको ५.४ रेक्टर स्केलको पराकम्पले थप घरहरु पनि भत्किएका छन् । केही घाइते समेत भएका छन् ।

Post a Comment

Previous Post Next Post