आलुको बोक्रा बिर्सिएर पनि खेर फाल्ने नगर्नुहाेस्, यस्ता छन् यसका फाइदै-फाईदा ….

हाम्रो खानामा आलु सबैभन्दा बढी प्रयोग हुने तरकारीमा पर्छ । त्यसैले आलुलाई तरकारीको राजा पनि भनिन्छ । तर, हामीमध्ये धेरैले आलुको प्रयोग गर्दा बोक्रा भने फाल्नेे गर्छौ । विज्ञहरु भने आलुमा भन्दा बोक्रामा बढी तागत पाइने बताउने गर्दछन् ।

फाइबर तथा अन्य पौष्टिक तत्वले भरिपूर्ण हुने भएकोले आलुको बोक्रा हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसमा झण्डै ९० प्रतिशत पौष्टिक तत्व रहेको हुन्छ । त्यसैले आलुलाई ताछेर खानु भनेको त्यो पौष्टिक तत्व नष्ट गर्नु हो ।

आलुको बोक्रामा क्याल्शियम, भिटामिन सी र बी कम्प्लेक्सका साथै आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसैकारण यसले शरीरमा विभिन्न कमीको पूर्ती गर्छ । यो सौन्दर्य निखार्नका लागि पनि निकै काम लाग्छ । डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि आलुको बोक्राको प्रयोग हुन्छ ।

७. मुटु रोगमा फाइदा दिन्छः सामान्यतया शरीरमा कोलस्ट्रोलको मात्रा बढ्दा हृदयाघात र मुटु सम्बन्धी रोगले सताउने गर्छ । तर, आलुको बोक्रामा पाइने फाइबर तथा विभिन्न पौष्टिक तत्वले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ । जसले गर्दा मुटु रोगको जोखिम घटाउँछ ।

८. रक्तचाप नियन्त्रणमा राख्छः आलुमा पोटाशियम अत्यधिक मात्रामा पाइन्छ र यो भिटामिन सीले पनि भरिपूर्ण हुन्छ । यी दुबै रक्तचाप नियन्त्रण गर्न महत्वपूर्ण हुन्छ । आलुको बोक्रालाई राम्रोसँग धोएर यसलाई सब्जीजस्तै बनाएर खानुहोस् वा आलु पकाउँदा कहिल्यै पनि बोक्रा ताछ्ने गल्ती नगर्नुहोस् ।

९) कपाललाई कालो बनाउँछः यदि तपाईंको कपाल फुलिरहेको छ भने तपाईं एक कचौरा आलुको बोक्रालाई आधा लिटर पानीमा उमाल्नुहोस् । जब पानी एक वा दुई चम्चा हुन्छ तब यसलाई कपालमा लगाउनुहोस् ।

१०. रक्तअल्पत्तामा पनि फाइदाजनकः आलुको बोक्रामा आइरनको अत्यधिक मात्रा पाइन्छ र यसैकारण यदि रगतको कमी छ भने आलुको बोक्रालाई खानामा पक्कै पनि प्रयोग गर्नुपर्छ । पटकपटक यस्तो गर्दा तपाईंको कपाल कालो हुँदै जान्छ ।

११. डार्क सर्कललाई टाढै राख्छ: आँखा मुनी यदि कालो घेरा बनेको छ वा घामले छाला ढडेको छ भने आलुको बोक्रलाई पिनेर त्यसको रस निकालेर अनुहारमा बारम्बार लगाउनुहोस् । कालोपना बिस्तारै कम हुँदै जान्छ । एजेन्सीको सहयोगमा

Post a Comment

Previous Post Next Post