आठ महिनअघि श्रीमानले सधैंको लाग संसार छोडे, अहिले घरै भत्कियो


सडक छेउमै रहेको पाँच कोठे घर गीताको परिवारले ६ वर्षअघि ६ लाख रूपैयाँमा किनेको थियोरूकुमको आठविसकोट नगरपालिका–१४ छेपारे गाउँकी गीता पुनका श्रीमान् बितेको आठ महिना भयो। साल फेरिने बेलामा अचानक श्रीमान बितेपछि उनले आफ्नो सहारा गुमाइन्।

श्रीमान् बितेको ८ महिना नबित्दै उनले अर्को बज्र सहनुपरेको छ। कात्तिक १७ गते गएको भुइँचालाले उनको घर माटोमा मिलाइदिएको छ।

जाजरकोट–डोल्पा सडक खण्डमा रहेको त्यो घर ६ वर्षअघि गीता र उनका श्रीमानले किनेका थिए। पाँच कोठाको टिनले छाएको घर उनीहरूले ६ लाख रुपैयाँमा किनेका हुन्। सडक छेउमै बनेको टिनले छाएको आकर्षक घर देखेपछि उनीहरूले सबै बलबुतो लगाएर कमाएको पैसा खन्याएर किने।

घर किनेर सडक छेउमै परिवार बसाल्ने श्रीमानको मृत्यु भएको आठ महिनापछि भुइँचालाले घरै खण्डहर बनाइदिएको छ। ५९ वर्षीया गीता र उनका दुई छोराछोरीको अबका कति समय त्रिपालमुनि बास हुने हो त्यसको केही टुंगो छैन। बढ्दो चिसो याममा छोराछोरी र आफू कसरी जोगिने भन्ने पिरलो पनि त्यत्तिकै छ।तत्काल भत्किएको घर छेउमा ढुंगाको चुलो बनाएर त्यसैमा खाना बनाउन थालेकी छिन्।

घर भत्किएर खण्डहर बने मानवीय क्षति व्यहोर्नुपरेन। छोरी औषधोपचारको सिलसिलामा नेपालगञ्ज थिइन्। उनी शनिबारमात्रै घर आएकी हुन्।गीता र गीता र उनका छोरा भने घरमै थिए। राति ११ः४७ बजे भूकम्प गयो। घर नजिकै मेला लागेको थियो।

राति अबेरसम्म उनीहरू मेला हेर्न गएका थिए। फर्कंदा ११ जति बजेको गीताले बताइन्।बेलुका सबेरै आमाछोरा मेला गएका थियौं, ११ बजेतिर घर आएका हौं,’ गीताले भनिन्, ‘राम्रोसँग निदाएकी थिएनौं, घर बेस्सरी हल्लिएपछि दुवै आमाछोराले हाम फाल्यौं, हामी भुइँमा झर्नेबित्तिकै घर पनि सर्लक्कै ढल्यो।

उनका छोरा सवारीसाधन मर्मतको काम गर्छन्। केही वर्षयता घरमा छोराले ग्यारेजबाट कमाएको पैसाले केही अत्यावश्यक सामग्री जोडिएको थियो। पशुचौपाया र घरमा भएका खाद्यान्नदेखि लत्ताकपडासम्म माटामा मिलेपछि गीता दुःखी छिन्।

तत्काल चाहिने सामान त सरकारले राहत भनेर दिइहाल्छ होला, उजाड भएको घर उस्तै पहिलेकै अवस्थामा फर्काउन धेरै पैसा लाग्छ, कसरी जुटाउने?,’ गीताले भनिन्, ‘अब यस्तो घर कहिले बन्ला र आनन्दले बसौंला भनेर मन आत्तिन्छ।’पहिलोपल्ट आफूले विपद भोगेकाले पनि मन आत्तिएको उनले बताइन्।

गीतासँग अहिले भएका एकजना छोरा, एक छोरी अन्तिममा बाँचेका सन्तान हुन्। गीताले लगालग १४ सन्तान जन्माइन्। तीमध्ये १२ जना बाँचेनन्। अन्तिममा बचेका सहारासँग आफ्नो कति समय घरबाहिरको खुला ठाउँमा बित्छ गीतालाई केही पनि थाहा छैन।

Post a Comment

Previous Post Next Post