कान सुक्खा भएर
कानमा तेल हाल्ने र कानेगुजी निकाल्ने गर्दा त्यहाँ भएको नरमपन हट्छ र कान सुक्खा हुने हुन्छ । सुक्खापनले गर्दा कानमा चाया पर्छ र कान चिलाउँछ ।
कानेगुजी जम्मा भएर
कानेगुजी जम्मा हुँदा पनि कान चिलाउने गरिन्छ । कानेगुजी निकाल्न तेल हाल्दा कान डम्म हुन्छ, त्यसबेला कान चिलाउने हुन्छ । धेरैले कानेगुजी निकाल्न काठ, पिन, इयरबर्ड, औंलाको प्रयोग गर्छन् । त्यसले कानेगुजी झन् भित्र जान्छ र चिलाउने समस्या अरु बढ्छ ।
कानमा पानी पसेर
कानमा पानी पर्यो भने पनि कान चिलाउँछ । पानी पसेर कान डम्म हुने अवस्थालाई इयर स्विमर भनिन्छ । किनभने यो समस्या पौडी खेल्नेहरूलाई बढी हुने गर्छ ।
ढुसी परेर
कानमा पानी पसेपछि चिलाउने हुन्छ र लामो समय रहिरहेमा कानमा ढुसी पर्ने समस्या हुन्छ । यसले कानमा संक्रमण भएर कान चिलाउने समस्या हुन्छ ।
एलर्जी भएर
खानाको एलर्जीले पनि कतिपयलाई कान चिलाउने समस्याण् हुन्छ । दूध, माछा, गहुँबाट बनेको खानेकुरा खाँदा कतिपयलाई कान चिलाउन सक्छ । स्याउ, खर्बुजा, चेरी, किबी, सूर्यमुखीको बीउ, बदाम, ओखरले पनि एलर्जी भएर कान चिलाउने समस्या हुनसक्छ ।
कान जति कोट्यायो उति चिलाउँछ
कान कोट्याउँदा धेरैलाई आनन्द आएको जस्तो लाग्छ । तर कान कोट्याइरहनु हानिकारक हुन्छ । यसले कानभित्र घाउ हुने सम्भावना त हुन्छ नै कान अझ बढी चिलाउने हुन्छ ।
कान कोट्याउँदा कानमा जलन हुने, कानमा पिलो आउने, कान दुख्ने, तरल पदार्थ बग्ने, सुन्ने क्षमतामा कमी आउने, टाउको दुख्ने, कानको वरिपरि सुन्निने जस्ता समस्या आउन सक्छन् ।
कान चिलाएमा तेल लगाउन मिल्छ ?
कानमा तेल हाल्नु हुँदैन । यद्यपि कान चिलाएमा हातमा तेल लिएर कानको बाहिरी भागमा मसाज गर्न भने सकिन्छ । कान सुक्खा भएका कारण चिलाएको छ भने केही थोपा जैतुनको तेल वा बेबी ओयल पनि हाल्न सकिन्छ ।
तर कानमा तेल, लसुन वा अन्य चीन हाल्नु उपयुक्त हुँदैन । कान चिलाउने कारण पत्ता लगाएर त्यसै अनुरूपको उपचार गर्नुपर्छ ।