अटो दुर्घटना हुँदा महिलाको मृत्यु

दाङमा अटो दुर्घटनामा एक महिलाको मृत्यु भएको छ।जिल्लाको बंगलाचुली गाउँपालिका– ५ की ६५ वर्षीया भेगी बुढाको मृत्यु भएको छ।

जिल्ला प्रहरी दाङका प्रमुख एसपी रामबहादुर केसीका अनुसार उनको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा गएराति साढे ११ बजे मृत्यु भएको हो।

बुधबार दिउँसो १ः ४० बजे बंगलाचुली– ५ स्थित गुरासेनी डाँडाबाट रा १ ह ५८०५ नम्बरको अटो ब्रेक फेल भइ झन्डै पाँच सय मिटर तल खस्दा बुढा गम्भीर घाइते भएकी थिइन्।

जिल्लाको घोराहीस्थित राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा घाइते बुढालाई उपचारका लागि लगिएको भए पनि त्यहाँ प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको थियो। कोहलपुरमै घाइते बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post