बाल्टिनको पानीमा डुबेर दुई बालकको गयो ज्यान ..


धनुषा र सप्तरीमा बाल्टिनको पानीमा डुबेर दुई बलाको मृत्यु भएको छ । धनुषाको बिदेह नगरपालिका-४ झिझा टोल बस्ने कृष्णा पासमानको छोरा २ वर्षीय अभय पासमानको आफ्नै घर अगाडि पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको हो ।

उता सप्तरीको डाक्नेश्वरी नगरपालिका-५ पातो बजार बस्ने देव कुमार मालिको ९ महिनाको छोरा बिराट कुमार मालिको पानी भरिएको बाल्टिनमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ । खेल्ने क्रममा बाल्टिनमा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post