ट्र्याक्टरमा च्यापिएर एक बालकको मृत्यु

डोटीमा रोकेर राखेको ट्र्याक्टरमा च्यापिएर एक बालकको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका-५ लामिखालमा रोकेर राखेको सुपप्र ०१ ००२ त ५३९१ ट्र्याक्टरमा चढेर बालबालिकाहरूले क्रममा ट्र्याक्टरको गियर चलाउँदा हुत्ति 

अगाडि बढेर एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तबले बताएका छन् मृत्यु हुनेमा आदर्श गाउँपालिका-५ तलाराका १४ वर्षीय प्रशान्त सिंह रहेका छन् । मृतक बालकको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल डोटी ल्याइएको प्रहरीले जनाएको छ ।

ट्र्याक्टर चालक शिखर नगरपालिका ११ का वर्ष २४ का प्रेम ठकुल्ला शौचालय गएको बेला घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले बताएको छ । चालक प्रहरीको नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post