माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु

खेतमा पानी लैजाने कुलोमा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा श्रीमान्-श्रीमतीको निधन भएको छ । पोखरा-२९ पट्नेरीमा सोमबार करेन्ट लागेर ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती सावित्री सुनारको निधन भएको हो ।

सोमबार दिउँसो ४ बजे माछा मार्नका लागि करेन्ट लगाउने क्रममा करेन्ट लागि मानिसहरू घाइते भएको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी टोली उद्धारमा खटिएको थियो । सुनार दम्पतीलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले साँझ ५:३० बजे दुवैलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे जाँचबुझ भइरहेको र थप विवरण आउन बाँकी रहेको कास्की प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले बताए । मुस्ताङको जोमसोम स्थायी घर भएका सुनार दम्पती पट्नेरीमा भाडामा बस्दै आएका थिए ।

Post a Comment

Previous Post Next Post