मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गयो

ललितपुरको तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । सडक छेउमा रहेको रूखमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझीको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनीहरु दुवैजना सिन्धुलीको मरिण गाउँपालिकाका हुन् ।हिजो बेलुका गोदावरी नगरपालिका वडा नम्बर १० तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा उनीहरुलाई पाटन अस्पताल लगिएकोमा त्यहीँ ज्यान गएको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post