छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

दोलखाको भिमेश्वर नगरपालिका-७ देउरालीमा बा.२१ च ८२६८ नम्बरको बलेरो अन्यन्त्रित भई पार्किङ गरी राखेको बा.प्र०२०४६ प ५९८१ नम्बरको मोटरसाइकलमा ठक्कर खाई सडकबाट करिब ३० मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना हुँदा बलेरोमा सवार मेलुङ गाउँपालिका-७ सिस्नेरी बस्ने २५ वर्षीय सुजन मगरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चरिकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बोलेरोमा सवार अन्य ११ जना मध्ये ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ४ जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यता तनहुँको म्याग्दे गाउँपालिका-३ धयरेमा ग.१ ख २९४१ नम्बरको गाडी र लु.४६ प ४५५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय गंगा बहादुर बरालीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यस्तै झापाको कन्काई नगरपालिका-८ बिरिङ पुलस्थित सडकमा को.१ च ७८३९ नम्बरको स्कारपियो र मे.१० प १६६९ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने १८ वर्षीय अनिल मडीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणामा लिएको छ ।

सुनसरीको दुहबी नगरपालिका-७ र ११ को सिमानामा रहेको धनुसना खोलास्थित सडकमा को.३८ प ५८८४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई करिब १५ फिट तल खोलामा खसेर शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २१ वर्षीय निराजन चौधरीको मृत्यु भएको छ ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

Post a Comment

Previous Post Next Post