यो प्रारम्भिक विवरण भएको र थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।सानीभेरी २ को पाखापानीमा २ जनाको मृत्यु भएको वडाअध्यक्ष मनोज बीसीले बताए।जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भुकम्पमा परी एकजनाको मृत्युको विवरण आएको र अरु पूर्ण विवरण आउन बाँकी रहेको बताए ।
उनले सदरमुकाममा कम्तीमा १५ देखि २० घरमा क्षति भएको विवरण आइसकेको बताए ।कर्णाली प्रदेशका डिआईजी भिमप्रसाद ढकालले जाजरकोट सदरमुकाममा पर्खाल भत्किँदा प्रहरी सहायक निरिक्षक यमराज रोकाय घाईते भएको बताए । उनले अन्य भौतिक र मानवीय क्षतिको पूर्ण विवरण संकलनको काम भईरहेको बताए ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पूर्ण क्षति पुगेको स्थानीय बसन्त चन्द ठकुरीले बताए । त्रिवेणी गाउँपालिकाको मुरुडाँडामा सातवटा घरमा पूर्ण क्षती भएको स्थानिय आनन्द पुनले बताए । पुनले भत्किएका घरमा एकजना मान्छे च्यापिएको बताए ।
कालिकोट संवाददाताका अनुसार शुभकालीका गाउँपालिका ७ मुग्राहका गजेन्द्रबहादुर शाहीको घर भत्किएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताए । जाजरकोटको जिल्ला प्रशासन कार्यलयका सूचना अधिकारी हरिशचन्द्र शर्माका अनुसार बारेकोट गाउँपालिका रामेडाँडामा केही घरहरु भत्किएको विवरण आएको बताए ।
रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको राडीबजारमा तीन घरमा पूर्ण क्षति पुगेको स्थानीय बसन्त चन्द ठकुरीले बताए । त्रिवेणी गाउँपालिकाको मुरुडाडामा सातवटा घरमा पूर्ण क्षति भएको स्थानीय आनन्द पुनले बताए । पुनले भत्किएका घरमा एकजना मान्छे च्यापिएको बताए ।
जाजरकोटका भेरी नगरपालिका प्रमुख चन्द्र प्रकाश घर्तीले भेरी, नलगाड नगरपालिका, बारेकोट गाउँपालिका, कुशे गाउँपालिकामा भुकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको बताए । उनले आफ्नो गाउँमा मात्रै ८ जनाको मृत्यु भएको सुचना पाएको बताउँदै मृत्युको संख्या अझै बढन सक्ने बताए ।
उनले भने, ‘नचर्किएका घर नै छैनन् । करिब ४० प्रतिशत घरहरु कुनै न कुनै प्रकारको क्षति भएको हुनसक्छ ।’ जिल्ला अस्पतालमा सय भन्दा धेरै घाइतेहरु पुगिसकेको बताउँदै उनले भने, ‘घाईतेहरुको उद्धार गर्न एम्बुलेन्स र गाडीहरुको अभाव भईरहेको छ ।’जाजरकोट प्रहरीद्वारा उद्दारमा खटिन अनुरोध
जाजरकोट प्रहरीले उद्दारमा खटिनका लागि सबैमा अनुरोध गरेको छ । प्रहरीले १७ गते राति अन्दाजी ११:४६ तिर जाजरकोट केन्द्रविन्दु भै आएको भूकम्पले भैतिक तथा मानवीय क्षति हुनसक्ने उच्च सम्भावना रहेकोले जाजरकोट जिल्लाका विभिन्न सरोकारवाला निकायहरू राहत तथा खोज उद्धारका लागि खटिनुहुन अनुरोध छ भन्दै सूचना जारी गरेको छ । साथै पराकम्पनको सम्भावना समेत रहेकोले सबै सुरक्षित स्थानमा रहन र तत्काल उद्धारको आवश्यकता भएमा जिल्ला प्रशासन कार्यालय जाजरकोट र नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन पनि अनुरोध गरेको छ ।प्रहरीले जानकारी दिन र उद्दारका लागि ९८५८०७७३३३, ९८५८०५७१९०,९८६८९३६६७८, ९८४८१२२५८४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।जाजरकोट भुकम्पका सबै अपडेटहरु हेर्न यहाँ क्लिक गर्नुहोस्चौरजहारी नगरपालिका-७ खत्री गाउँमा भूकम्पले घर भत्किदा घाइते भएका ८ जनालाई चौरजहारी नगर प्रहरीले उद्धार गरी एम्बुलेन्समार्फत् चौरजहारी अस्पताल पठाइएको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १२ स्यानीबर्खुमा २ जना र ठूलीबार्खुमा २ जनाको ज्यान गएको स्थानीय दलजित सेर्पालीले बताए । उनले कयौं घरहरु भत्किएको र धेरैजनाको हताहती भएको हुनसक्ने उनले आशंका गरे । तर मध्यराती भएकाले क्षतिको विवरण आधिकारिक प्राप्त हुन सकिरहेको छैन ।