कालीकोटमा पहिरोले पुरिएर एक्स्काभेटर चालकको मृत्यु


कालीकोटमा सडक निर्माणका क्रममा पहिरोले पुरिएर एक्स्काभेटर चालको मृत्यु भएको छ । शुक्रबार कर्णाली करिडोरको कालेखोला–खुलालु खण्ड विस्तारका क्रममा माथिबाट खसेको चट्टानसहितको पहिरोले पुरिएर चालक धीरप्रसाद सञ्ज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख अर्जुन केसीले जानबारी दिए ।

२६ वर्षीय सञ्ज्याल पचालझरना–८, खडितोलीका स्थायी बासिन्दा हुन् । शुक्रबार पहिरो गए पनि शनिबार बिहान मात्र मृतकको शव निकालिएको हो ।

करिडोरको जिरो किलोमिटरमा पर्ने कालेखोला खण्ड सडक डिभिजन कार्यालय जुम्लाले गत वर्षदेखि सडकको स्तरोन्नतिको काम गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख इन्जिनियर दिपेन्द्रवहादुर विष्टले बताए । उनका अनुसार साँघुरो र अप्ठेरो ठाउँमा सडक डिभिजन कार्यालयले ठेक्कामार्फत काम गरिरहेको छ।

Post a Comment

Previous Post Next Post