बसको ठक्करबाट वृद्धको मृत्यु

सर्लाहीको हरिवनमा रात्रि बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।हरिपूर्वाबाट काठमाडौंका लागि छुटेको ना६ख ९११७ नम्बरको बसले हरिवन नगरपालिका-११, कडरिया चोकमा ठक्कर दिंदा स्थानीय ८०।

वर्षीय मानबहादुर राईको मृत्यु भएको होबुधबार साँझ सडक पार गर्ने क्रममा बसको ठक्करबाट गम्भीर घाइते भएका वृद्ध राईको उपचारका क्रममा बुधबार राति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ ।

चालक फरार रहेका र बस व्यवसायी संघ तथा बस धनीसँग समन्वय गरी खोजी भइरहेको हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।बसमा रहेका ८ जना यात्रुलाई बुधबार राति नै अर्को बसमा चढाएर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post