विद्यालयमा मृत भेटिए प्रधानाध्यापक


सिराहाको गोलबजार नगरपालिका वडा नम्बर ३ जमदहस्थित सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक सञ्जीवकुमार साह मृत भेटिएका छन्।प्रअ साह विद्यालयभित्रै मृत भेटिएका हुन्।

विद्यालयको निमार्णधीन तेस्रो तल्लाको सभाहलमा आइतबार साह मृत भेटिएको प्रहरीले जनाएको छ।मिर्चैया नगरपालिका वडा नम्बर ६ घर भएका साहको मोटरसाइकल विद्यालयमै भेटिए पनि उनी नभेटिएपछि खोजी गरिएको थियो।

साहको शव विद्यालयमै फेला परेको हो। उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ।

Post a Comment

Previous Post Next Post