स्पिकर बजाउने क्रममा करेन्ट लागेर १५ वर्षका किशोरको ज्यान गयो

सिन्धुलीमा करेन्ट लागेर १५ वर्षका एक किशोरको ज्यान गएको छ । सुनकोशी गाउँपालिका–५ पुरानो झागाझोलीका १५ वर्षका जस्बिन रानामगरको आफ्नै घरमा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

स्पिकर बजाउने क्रममा विद्युत् सर्ट भइ करेन्ट लागेपछि उनी बेहोस भएका थिए । उपचारको लागि तत्कालै एम्बुलेन्सद्धारा आत्मीय अस्पताल खाल्टेमा लगिएकोमा राति डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ ।

Post a Comment

Previous Post Next Post