भीरबाट लडेर व्यवसायीको मृत्यु

लालीघाट बजारमा होटल व्यवसाय गर्दै आएका पलाता-९ थिर्पूका ४९ वर्षीय व्यवसायी हरिकृष्ण बमको भीरबाट लडेर मृत्यु भएको छ ।मंगलबार विहान माछा मार्न गएका स्थानीयले लास देखेर प्रहरीलाई खबर गरेका थिए ।

दसैंअघि नदीमा बेपत्ता भएका उपाध्यायको परिवारले यसअघि नै काजकिरिया गरिसकेकाले वडाध्यक्षको रोहवरमा आफन्तले लासको सनाखत गरेर बालीघाटमा अन्त्येष्टि गरिएको डिएसपी अर्जुन केसीले बताए ।

नरहरिनाथ-१ मा पर्ने जितेमा माछा मार्न थापेको पासा निकालेर फर्किने क्रममा बुधबार बिहान भीरमा चिप्लिएर लडेका ४९ वर्षीय बमको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक पोषण थापाले बताए । उनको शव पोस्टमार्टमका लागि दिउँसो जिल्ला अस्पताल मान्म ल्याइएको छ ।

१० वर्षदेखि होटल व्यवसाय गरेर परिवारको लालनपालन गरिरहेका बमका श्रीमती, ३ छोरा र २ छोरी छन् । घरमुलीको मृत्युपछि परिवारको बिचल्ली भएको पलाता गाउँपालिकाका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बम पलातीकान्छाले बताए ।

यसैबीच, गत असोज २८ गते तिलागुफा-७ भैँसेगौडामा काठे पुलबाट चिप्लिएर तिला नदीमा बेपत्ता भएका तिलागुफा नगरपालिका-९ चिल्खायाका २२ वर्षीय अर्जुन उपाध्ययाको शव २३ दिनपछि फेला परेको छ ।

Post a Comment

Previous Post Next Post