आफ्नै श्रीमानले गरे श्रीमतीको हत्या

निराकरण खबर अछाम:अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान प्रकाउ परेका छन् ।जिल्लाको मंगलसेन नगरपालिका ३ लाछिमानाकी ४० बर्षिय उर्मिला बिष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेर बहादुर भण्डारी प्रकाउ परेका छन।

घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र शरिरमा चोट लागेको अछामका प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले बताए ।

घटनाबारे प्रहरीलाई बुधबार बिहान साढे १० बजे मात्रै खबर भएको श्रीमान शेर भण्डारीले मदिरा सेवन गरेका र मदिरा सेवन गरि हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। पोष्टमार्टम रिपोर्ट आउन बाकी रहेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post