सावधान यी पाँच कारणले हुन सक्छ स्पाइनको रोग


हाम्रो खानपिन र जीवनशैली मात्रै होइन बस्ने र उठ्ने तरिका पनि रोगको कारण बन्न सक्छ । बस्ने तरिका अर्थात् पोष्चर सही छैन भने यसले हाम्रो स्पाइनमा खराब असर पार्छ ।

स्पाइन हाम्रो शरीरको सबैभन्दा जरुरी हड्डी हो । यसलाई मेरुदन्डको हाड पनि भनिन्छ । स्पाइनमा कुनै पनि प्रकारको समस्या आउने बित्तिकै शरीरको सारा प्रणाली बिग्रन्छ । यस्तोमा स्पाइनको विषयमा कुनै पनि लापरबाही गर्नु महँगो साबित हुन सक्छ ।मेरुदन्ड हाम्रो शरीरको आधार हो । मेरुदन्ड हड्डीको एउटा समूह हो ।

योसँग शरीरका कयौं हाड जोडिएका हुन्छन् । गलत जीवनशैली र गलत बस्ने तरिकाका कारण स्पाइनमा समस्या हुन सक्छ । जसले गर्दा ढाड दुख्ने, सर्भिकल पेन जस्ता समस्याहरु निम्तिन सक्छ । कयौँका लागि त यो समस्या गम्भीर भइदिन्छन । जसलाई निको पार्न उपर्युक्त उपचार नगरी हुन्न ।

स्पाइनको विषयमा सावधानी अपनाउनुपर्छ ताकि लामो उमेरसम्म यससम्बन्धी कुनै पनि समस्याले सताउन नसकोस् ।तर अहिले सानो उमेरकै मानिसहरुमा समेत यस्तो खालको समस्या देखिन थालेको छ । आज विश्व स्पाइन दिवस हो । आज हामी मेरुदन्डको हड्डीमा के कस्ता कारणले समस्या आउँछ र यसबाट कसरी बच्न सकिन्छ भनेर कुराकानी गर्नेछौँ ।

स्पाइनमा समस्या आउनुका ५ कारणः

– निष्क्रिय जीवनशैली अर्थात् एकै स्थानमा घण्टौँ बसिरहने जीवनशैली स्पाइनको लागि सबैभन्दा ठूलो खतरा हो ।

–गलत पोश्चरमा बसेर लामो समयसम्म काम गर्दा पनि स्पाइनसम्बन्धी कयौं गम्भीर समस्या देखिन सक्छ ।

–शरीरमा क्याल्शियम र भिटामिन डीको अभाव भएर पनि स्पाइनमा समस्या हुन सक्छ ।

–व्यायामको अभावले पनि स्पाइनसम्बन्धी समस्या उत्पन्न गराउन सक्छ ।

–गलत खानपान र स्वस्थ आहार नलिँदाको असर सिधै स्पाइनमा देखिन्छ ।

के छ उपचार र बचाव ?

स्पाइनसँग सम्बन्धित अधिकांश समस्याहरु औषधि खाएर निको पार्न सकिन्छ । यससम्बन्धी रोग वा समस्यासँग डराइहाल्न जरुरी छैन । औषधिको सेवनले अधिकांश बिरामीको रोग निको पनि भएका छन् । केहीको सन्दर्भमा भने शल्यक्रिया नै गर्नु पर्ने पनि हुन सक्छ । उचित भोजन, असल जीवनशैली, नियमित व्यायाम र बसाईको सही तरिका अपनाएर स्पाइनमा हुने यस्ता समस्याहरुबाट छुट्कारा पाउन सकिन्छ । तपाईँमा पनि स्पाइनसँग सम्बन्धित केही समस्या छन् भने शरीरमा क्याल्शियम र भिटामिन डीको अभाव हुन नदिनुस् र स्वास्थ्य विज्ञसँग परामर्श लिन गइहाल्नुस् ।


Post a Comment

Previous Post Next Post