भूलेर पनि नखानुहोस् यी खानेकुरा, नत्र निम्त्याउँछ थाइराइडको समस्या


थाइराइड हाम्रो शरिरको एक प्रमुख इन्डोक्राइन ग्रन्थी हो जुन गलामा हुन्छ । यो तिल आकारको हुन्छ । भारतको अपालो अस्पतालका वरिष्ठ एन्डोक्राइनोलोजिस्ट डा सुबोध बांझलका अनुसार थाइराइडबाट रिलिज हुने हर्मोनबाट शरिरको मेटाबोलिजम रेट कन्ट्रोल हुन्छ ।जब यी हर्मोनको ब्यालेन्स बिग्रन्ट तब हाम्रो शरिरिक क्रियाकलाप गडबड हुन थाल्छ ।

कति प्रकारको हुन्छ थाइराइड समस्या ?

थाइराइड समस्या मुख्य रुपमा दुई प्रकारका हुन्छन् । एउटा हाइपोथाइराडिज्म जसमा व्यक्तिको तौल अचानक बढ्न थाल्छ । अर्को हाइपरथाइराडिज्म, यसमा तौल तिब्र रुपमा घट्न थाल्छ ।

कस्ता गल्तीले हुनसक्छ थाइराइड समस्या ?

डा बांझलका अनुसार थाइराइड समस्या विभिन्न कारणसहित हुन्छ । खानपिन र जीवनशैलीका साथै वंशानुगत कारणले पनि व्यक्तिलाई थाइराइडको समस्या हुने गर्दछन् ।यसका साथै हाम्रा विभिन्न गल्तीले थाइराइडको समस्या निम्त्याउने गर्दछ ।

१) धेरै तनाव लिँदा हुन्छ थाइराइडः

धेरै तनावले शरिरमा कार्टिसोल नामक हर्मोनको स्तर बढाउँछ । यसले थाइराइडको समस्या बढाउँछ ।

२) सुगर नियन्त्रण नगर्दाः

सुगर नियन्त्रण नगर्दा शरिरमा इन्सुलिन प्रतिरोध गर्ने क्षमतामा ह्रास आउँछ । यसले थाइराइड ग्रन्थीलाई हानी पुर्याउने गर्दछ ।

३) अनावश्यक औषधीको सेवनः

केही औषधीले थाइराइड ग्रन्थीलाई नोक्सान पुर्याउने गर्दछ । डाक्टरलाई नसोधी औषधी सेवन गर्दा पनि थाइराइडको समस्या हुनसक्छ ।

४) धेरै नुन र सी फूड खाँदाः

धेरै नुन र सी फूड खाँदा शरिरमा आयोडिनको मात्रा बढ्न सक्छ जसले हाइपोथाइरायडिज्म हुनसक्छ ।

५) धेरै डाइट सप्लिमेन्ट लिनुः

क्याल्सियम, आइरन, प्रोटिन र सोया सप्लिमेन्ट धेरै मात्रामा खाँदा शरिरमा थाइराइड हर्मोनको ब्यालेन्स बिग्रन सक्छ ।

६) प्रदुषणका कारणः

हावा र पानीमा हानिकारक रसायन हुनसक्छ । प्रदुषणका कारण पनि थाइराइडको समस्या निम्तिन सक्छ।

७) धेरै चिया कफी, कोल्ड ड्रिङ्क्स पिउँदाः

धेरै चिया कफी र कोल्ड ड्रिङ्क्स पिउँदा यसमा पाइने क्याफिनले थाइराइड समस्या निम्त्याउन सक्छ ।

८) धेरै रक्सी पिउँदाः

धेरै रक्सी पिउँदा शरिरमा हानिकारक टक्सिन बढ्ने गर्दछ । यसले थाइराइड ग्रन्थीको क्रियाकलाप बिग्रन सक्छ ।

९) धेरै चिल्लो खानेकुराको सेवन गर्दाः

जंक फूड, वनस्पती घ्यू, धेरै चिल्लो खानेकुरा खाँदा शरिरमा कोलेस्ट्रोलको मात्रा बढ्ने गर्दछ । यसले थाइराइडको समस्या निम्तिने गर्दछ ।

१०) रातो मासुको अत्यधिक सेवनः

यसमा धेरै स्याचुरेटेड फ्याट हुन्छ । यसले शरिरको हर्मोन्सको ब्यालेन्स बिगार्नसक्छ र थाइराइडको समस्या हुनसक्छ।

Post a Comment

Previous Post Next Post