
मृत्यु हुनेमा सिन्धुली मरिणका २४ वर्षीय राम माझी र २५ वर्षीय विजय माझी रहेका प्रहरीले जनाएको छ। तीव्र गतिमा रहेको मोटरसाइकल सडक छेउमा रहेको रुखमा ठोक्किएर दुर्घटनामा परेको हो।
गम्भीर घाइते भएका उनीहरुलाई उपचारका निम्ति पाटन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।